रुपेन्द्र पटेल,२३ फागुन / तराई–मधेश क्षेत्रमा हर्षोल्लासपूर्वक मनाउने होली पर्व आउनलाई अब केही दिन मात्र बा“की रहेका बेला रौतहटमा खसीबोकाको कारोवार बढेको छ । रौतहटमा खसीबोकाको हाटबजार नभएपनि ब्यापारिले गाउ“ गाउ“मा खसीबोका किन्ने र बिक्री गर्नेको चहलपहल बढेको पाइएको छ । रौतहटको ग्रामीण क्षेत्रको गाउ“मा विभिन्न ब्यापारिले खसीबोका किन्ने र बिक्री गर्नेको सङ्ख्या बढ्दै गएको गढीमाई नगरपालिकाका स्थानीय जादोलाल मेहताले बताउनुभयो । होली पर्वमा मासु खानका लागि स्थानीयले खसीबोका खरिद गर्ने भएकाले यसको बिक्री वितरणमा वृद्धि भएको स्थानीय व्यापारीले बताएका छन् । रौतहटबाट खसीबोका खरिद गरेर ब्यापारिहरुले देशका विभिन्न स्थानमा पुर्याउने गरेको ब्यापारिहरुले बताएका छन ।
रौतहट,बारा र सर्लाही तथा काठमाडौंकोसमेतका व्यापारीहरु रौतहट आउने भएकाले खसीबोकाको कारोवारमा वृद्धि भएको व्यापारीको भनाइ छ । केही किसानले भने भारतीय खसीबोका अवैध रुपमा भित्रिएका कारण आफूहरुले खसीबोकाको उचित मूल्य नपाएको गुनासोसमेत गरेका छन् । खसीबोकाको कारोवारमा वृद्धि भएसंगै यसको मूल्यमा समेत वृद्धि भएको स्थानीय उपभोक्ता जितेन्द्र ठाकुरले बताए ।