रुपेन्द्र पटेल २७ फागुन / देशको पहाडी भागमा होलि सोमबारनै सकिए पनि रौतहट लगायत तराईका केही जिल्लाहरुमा होलि पर्व बुधबार मनाइने छ । आज मंगलबारका दिन काटमार गर्न नहुने भए पछि होली बुधबारका लागि सारिएको हो । यस क्षेत्रका अधिकांश समुदायमा मंगलबार माछा मासु नखाने चलन रहेको छ । खसी काट्न र मासु खान नहुने भएपछि रौतहटमा फागु होली पर्व नै सारिएको हो । तराईका अधिकांश मानिसहरु आइतवार, मंगलबार र बिहीबारका दिन मासु माछा खादैनन् र सो दिन यस्ता चाडबाड परे भोलिपल्ट बली दिने तथा मासु खाने चलन रहेको छ । यसअघि पनि आइतबार र मंगलबारका दिन होली पर्दा भोलिपल्ट सारिने गरिन्थ्यो ।