चन्द्रपुर,६ चैत्र / रौतहटको बिभिन्न सामुदायीक विद्यालयले रजिष्टरमा मात्र विद्यार्थी संख्या बढाएर नगरपालिकाबाट पाउने अनुदान लिने गरेको पाईएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वाड नं–२ मा रहेका आधरभुत विद्यालयले आफ्नो दैनिक हाजिरी रजिष्टरमा विद्यार्थी संख्या धेरै देखाएको भएपनि हाल चलिरहेको २०७६को बार्षिक परिक्षमा भने विद्यार्थी संख्या न्यु रहेको पाईएको छ । चन्द्रपुर २ मा रहेको कृषक प्राविको दैनिक हाजिरी रजिष्टरमा कक्षा ४ मा ११ जना विद्यार्थी रहेको भएपनि बार्षिक परिक्षामा भने एकजना मात्र विद्यार्थी समेत रहेकाछन् ।
सो विद्यालयमा कक्षा १ मा १९ जना विद्यार्थीको नाम हाजिरी रजिष्टरमा उल्यख रहेपनि परिक्षामा ५ जना मात्र विद्यार्थी सहभागि रहेकाछन् । त्यस्तै कक्षा २ मा १३ जनामा ९जना विद्यार्थी परिक्षामा सहभागि रहेकाछन् । कक्षा ३ मा १७ जनामा ६ जना परिक्षामा सहभागि रहेका छन् । कक्षा ४ मा ११ जना विद्यार्थी नियमित रुपमा विद्यालयमा हाजिर भएको जनाइएपनि परिक्षामा भने १ जना मात्र सहभागि रहेको विद्यालयका प्रधानाध्यापक सतिस कुमार साहले बताए । सो विद्यालयको हाजिरी कपीमा कक्षा ५ मा ११ जना विद्यार्थीको हाजिर हुने गरेको पाईएपनि परिक्षामा भने ५जना मात्र सहभागि रहेकाछन् । सोही वडामा रहेको दिपज्योती आधारभुत विद्यालयको दैनिक हाजिरी रजिष्टरमा ६९ जना विद्यार्थी रहेको जनाएपनि बार्षिक परिक्षमा भने १७ जना विद्यार्थी मात्र सहभागि रहेका छन् । चार जना शिक्षक रहेको सो विद्यालयमा कक्षा ३ बाट बार्षिक परिक्षामा रेशम मझि ,श्रृष्टी माझि र विस्वास कुवर मात्र सहभागि रहेका छन् । ४ कक्षामा समेत ३ जना मात्र विद्यार्थी परिक्षामा सहभागि रहेका छन् । सो विद्यालयको हाजिर कपीमा कक्षा ५ मा ९ जना विद्यार्थी नियमित विद्यालय आउने गरेको हाजिर रहेपनि परिक्षामा भने एकजना पनि सहभागि रहेका थिएनन् । कक्षा १ को हाजिरी कपीमा १९ जना विद्यार्थी रहेकोमा परिक्षामा भने पांच जना मात्र सहभागि रहेका थिय । गाउका विद्यार्थी अभिभावकसंगै ईट्टाभट्टमा काम गर्न नभएका कारण विद्यार्थी संख्या न्युन रहेको विद्यालयका प्रधानाध्यापक मनिष कुमार चौबेले जानकारी दिएका छन् । हाजिरी रजिष्टरमा विद्यार्थीसंख्या बढाउदा सम्बन्धीत विद्यालयका प्रधानाध्यापकले स्थानीय तह र राज्य कोषबाट आउने रकम दुरुपयोग गर्न पाउने भएका कारण समेत यो प्रबृती मौलाउदै जान थालेको छ । दिपज्योती आधारभुत विद्यालयको दैनिक हाजिरी रजिष्टरमा ६९ जना विद्यार्थी नियमित उपस्थित हुने गरेको हाजिरका आधारमा नगरपालिकाबाट दैनिक खाजा खर्च वापतको रकम बुझने गरेको छ ।