गौर,७ चैत्र ।
कोरोना भाइरसको त्राससंगै जिल्लाका स्थानीय तहले आफ्नो नगर तथा गाउपालिकामा गर्नुपर्ने चेतना मुलक काम नगरेको गुनासो बढदै जान थालेको छ । सामाजिक संजालका कारण रौतहटका स्थानिय वासिन्दाहरु झनै त्रसित बनेका छन ।
जिल्लको ग्रामिण भेगका स्थानिय वासिन्दाहरु समेत कोरोना भाइरसको त्रासले सचेत हुनबारे चर्चा चलाउन थालेको भएपनि सम्बन्धीत निकायले खासै चासो नदिएको स्थानीयको गुनासो रहेको छ ।
कोरोनाको भाईरसको बिषयमा आफुहरुले स्थानीय सचेत गराउने अभियान थालेको राजपुर नगरपालिकाका निमित्त प्रमुख प्रशाकिय अधिकृत बैजु ठाकुरले बताए ।
राजपुर नगरपालिकाले विद्यालय स्वास्थ्य संस्थामा जादा र जानेलाई आफ्नो गाउघरमा समेत सबैलाई हात राम्रोसंग धुनका लागि सिकाएर पठाउने र बिभिन्न चेताना मुलक संदेश बिभिन्न सार्वजनिक स्थानमा टास्ने काम भएको ठाकुरको भनाइ रहेको छ ।
कोरोना भाइरसको त्रासले रौतहटको ग्रामिण भेगका वृद्ध वृद्धाहरु समेत माक्स प्रयोग गर्न थालेका छन । बैदेशिक रोजगारीको सिलसिलामा विदेश गएका छोरा छोरी प्रती रौतहटका अभिभावकहरुले चिन्ता ब्यक्त समेत गर्न थालेको पाईन्छ । छोरा विदेशमा रहेका बेला भाइरस चलेको हल्लाले आफुलाई चिन्ताले खाना समेत रुचाउन छोडेको बृन्दावन–१ का राम सेवक राउतले बताएका छन । यतिबेला राउत जस्तै रौतहटका हजारौं अभिभावकले आफनो छोरा छोरी प्रती चिन्तामा डुबेका छन ।
जिल्लाको गुजरा नगरपालिकाले भने सो भाइरसबाट बच्ने उपायका बारेमा नगरबासीलाई कुनै कुनै जानकारी दिन नसकेको स्थानीयले बताएका छन् । सो नगरपालिकाका स्थानीयले भाइरसबाट बच्ने उपायका बारेमा सर्बसाधारणलाई जानकारी गराउनुपर्नेमा जोड दिएका छन् ।