चन्द्रपुर,७ चैत्र ।
चन्द्रनिगाहपुर सरकारी अस्पतालमा सहायता कक्ष ( हेल्पडेस्क ) स्थापना गरिए संगै जचाउन आउने बिरामीको संख्या बडेको छ ।
औपचारिक रुपमा शुरुवात गरिएको सहायता कक्षमा चन्द्रपुर नगरपालिकाको प्रमुख रामचन्द्र चौधरी, ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिब चेतराज बराल, चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण सिग्देल सहितले ज्वरोको तापक्रम मापन गरेका छन ।
उपचारका लागि अस्पताल पुग्ने बिरामीले पहिले सो सहायकता कक्षमा जाच गराउनु पर्नेछ । अस्पतामा बिरामीको भिडभाड हुन नदिईने अस्पतालले जनाएको छ । अस्पतालका डाक्टर श्याम बाबु साहले कोरनाको बिषयमा जानकारी गराउन र सजगता अपनाउनको लागि सहायकता कक्ष संचालनमा ल्याईको बताए । चिनको बुहान शहर बाट फैलिएको कोरना भाईरस यतिखेर बिश्वभर फैलेको छ । त्रासदीमा रहेको कोरना भाईरसको नेपालमा पनि सजगताका कार्यक्रम संचालन गरिएको हो ।
जसमध्ये चन्द्रपुर अस्पतालले सहायक कक्ष संचालनमा ल्याएको हो भने गौर भन्सार क्षेत्रमा समेत सहायता कक्ष संचालन गरिएको छ । सर्वसाधारण जनताहरुको लागि कोभिड–१९ (नोभल कोरना भाईरस) बारे जानकारी गराउन र त्यसबाट बच्ने उपायबारे जानकारी गराउने उद्देश्यले अस्पतालमा सहायता कक्ष स्थापना गरिएको हो । जनचेतनाको लागि कोभिड–१९ संग सम्बन्धि व्यानर सहित टास गरी कार्य संचालन गरेको छ । सहायता कक्ष बाट परामर्श दिनुको साथै उपचार पद्धती र बच्ने उपायको बारेमा ज्ञान दिईने छ ।
चन्द्रपुर नगरपालिकाद्धारा चन्द्रनिगाहपुर अस्पतालमा सहायता कक्ष राखिएको छ । विश्व स्वास्थ्य संगठनले जनाए अनुसार भाइरसको एउटा समूह लाई कोरोनाभाइरस भनिन्छ भने यस्ले सामान्य रुघा लाग्ने देखि श्वासप्रश्वासमा गम्भीर समस्या ल्याउनसक्छ । जवानरबाट मानिसमा यस्तो भाइरस सर्ने बताइएको छ । श्वासप्रश्वासको समस्या देखिने यो भाईरसको संक्रमण भएपछि मानिसमा ज्वरो आउने, खोकी लाग्ने, सास फेर्दा कठिनाई हुने र निमोनियाको संक्रमण हुने जनाइएको छ ।
यो भाईरसको संक्रमण भएको सुरुवाती चरणमा उपचार गर्नसकेमा निको हुने डाक्टरहरुको भनाई रहेको छ । कोरोना भाइरसका कारण सरकारी र गैरसरकारी कार्यक्रमहरु प्रभावित हुदै आएको छ ।