बसन्त लामा,चन्द्रपुर,७ चैत ।
रौतहट चद्रपुर नगरपालिकाको वडा नम्बर ३ स्थित अस्थाई वडा कार्यालयमा ३ महिने सिलाइ कटाई तालिम संन्चालन भइरहेकोछ ।
वडा नम्बर ३ को चालुआर्थिका बर्ष ७६ ७७ को बिनियोजन गरेको बार्षिक बजेड २ लाख रुपैया बाट ३ महिने सिलाई कटाई तालिम संन्चालन गरेको हो ।
अति विपन्न दलित महिलाहरुलाइ आत्मा निर्भर बनाउने उदेश्य ले वडा नम्बर ३ को कार्यालय को आयोजना मा दलित महिला लाइ सिप मुलक कार्य आयोजना गरियकोको वडा अध्यक्ष रबी देवकोटाले जानकारी दिए । तीन महिने सिलाई कटाई तालिम मा १० जना स्थानीय दलित महिलाको सहभागिता रहेको छ ।
१० जना दलित महिला समाबेस गरिएको सिलाई कटाई तालिममा चन्द्रपुर वडा नम्बर ३ गैडाटार निवासी स्थानीय रन्जीता सापकोटाले सिलाई कटाई तालिम दिइरहेकीछिन ।
स्थानीय सरकार बनेपछि बिकास को पुर्बधार संगै दलित लाइ पनि आत्म निर्भर बनाउने उदेश्य ले यस्तो कार्यक्रम ल्यायकोमा गैडाटार मा रहेका अधिकाँस दलित समुदाय हर्षित भएकाछन ।
सिलाई कटाई ३ महिना पुरा भएपछी तालिम सहभागिता रहेका १० जना दलित महिला लाइ तालिम मात्र नभई तालिमको अबधिमा सिलाई सिक्न रहेको सिलाइ मेसिन समेत वितरण गर्ने उदेश्य रहेकोछ । तिन महिना को सिलाई कटाई तालिम पछी तालिम लिईरहेको दलित महिलाले घर खर्चको चला उन लागि श्रीमान को मात्र मुख ताक्नु नपर्ने भनि मेसिन समेत दिन लागेको वडा सदस्य भिम तिम्लसिनाले बताए ।
३ महिने सिलाई कटाई तालिम को मूल आयोजक चद्रपुर वडा कार्यालय ३ र सह आयोजक गैडाटार युवा बिकास केन्द्र रहेको छ ।