वीरगन्ज,९ चैत / भारत सरकारले नोबेल कोरोना भाइरस (कोभिड—१९) को संक्रमणबाट सुरक्षित हुनलाई आइतबार जनता कर्फ्यूको आह्वान गरेपछि त्यसको असर वीरगन्ज नाकामा परेको छ । केहिदिन अगाडीको आहवानमा भारत सरकारले आइतबार बिहान ९ बजेदेखी साझं ७ बजेसम्म आफ्नो देशमा जनता कर्फ्यू लगाउँदा त्यसको प्रत्यक्ष असर वीरगन्ज नाकामा पनि परेको हो । भारतमा तीब्र गतिमा बढ्दै गइरहेको कोरोनाको संक्रमणलाई रोक्नका लागी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आइतबार भारतमा जनता कर्फ्यू लगाइएको हो । जनता कर्फ्यूमा भारतले नाका बन्द गरेका कारण रक्सौल वीरगन्ज नाका आइतबार बिहानैदेखि ठप्प रहेको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी विमल साहले जानकारी दिए ।