sharethis sharing button
1140x725
मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री मानुभक्त ढकाललगायतका सरकारी अधिकारीहरु ।

काठमाडौं १० , चैत । नेपालमा एक जना युवतीमा कोरोना भाइरस अर्थात कोभिड १९ को सङ्क्रमण देखिएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री भानुभक्त ढकालले एक नेपाली युवतीमा कोरोना भएको पुष्टि गर्दै उनको उपचार चलिरहेको जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयका अनुसार ती युवती कतारबाट नेपाल आएकी थिइन् । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षिया युवतीमा कोरोना देखिएको सरकारले पुष्टि गरेको हो । उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा राखेर उपचार गरिँदैछ । उनलाई हिजोदेखि आइसोलेसनमा राखेर उपचार गरिरहेको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताउनुभयो । उनीसँगै नेपाल आउनेहरुलाई पनि उपचारको व्यवस्था गर्नका लागि खोजी भइरहेको सरकारले जनाएको छ ।

सीआईएनबाट सभार