बालबिक्रमकार्की
रौतहट, १६चैत्र /
कोरोनाभाइरस (कोभिड – १९) को महामारी फैलदै गएसँगै ठुलाठुला निजी अस्पतालहरु शंकाष्पद बिरामीहरुको पनिउपचार गर्न पछि हटिरहेका छन् । अन्यबेला महङ्गोमाउपचार गर्ने ती अस्पतालहरु अहिलेभने हात बिरामीको उपचार गर्नलाई उठाइरहेका छन् । तर रौतहटको एक निजी अस्पतालले भने यसको उपचार गर्नकालागि सक्रियता देखाएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा रहेको चन्द्रपुर हस्पिटल प्रालीले आफ्नै श्रोत र साधनमाकोरोना संक्रमित र शंकाष्पद बिरामीहरुको उपचार गर्नेभएको छ । यदिकोहीव्यक्तिकोरोना संक्रमितभएमाउनीहरुको निशुल्कऔषधीउपचार गर्ने अस्पतालले घोषणा गरेको छ । यस्ता संक्रमितहरुलाई राख्नको लागि १० शैष्याको छुट्टै आइसोलेसन वार्डपनि अस्पतालले स्थापनागरिसकेको छ । जसमाजिल्लाकाविभिन्न स्थानकाक्वारेनटाइनमा बसेकाहरु मध्ये कसैलाई कोरोनाभाइरसको लक्षण देखिए राख्ने व्यवस्थामिलाइएको छ । कुल ५० वेड रहेको सो अस्पतालले आफ्नो ‘पोष्ट अपरेटिभ वार्ड’ लाई आइसोलेसन वार्ड बनाएको हो ।
सारा विश्वनै कोरोनाको महामारीसँगजुधिरहेको अवस्थामा स्वास्थ्यकर्मीको नाताले आफुहरुको पनिदायित्वभएकाले आफुहरुले सकेको तयारी गरेको चन्द्रपुर हस्पिटल प्रालिका संचालक डाक्टर सुवास चौधरीले बताउनुभयो । यस्तो अवस्थामा सबैले एकजुट भएर राज्यलाई सहयोग गर्नुपर्ने नागरिकको कर्तव्य भएकाले आफ्नो स्थानबाट सहयोग गर्न लागिपरेको उहाँको भनाइ छ । यदिकोही संक्रमितआइसोलेसन वार्डमा बस्नुपरे उनीहरुको सम्पूर्ण खर्च अस्पतालले बेर्होने उहाँले बताउनुभयो । ‘हाम्रो हस्पिटलमा आइसोलेसन वार्डमा बस्नुहुनेको सम्पूर्ण खर्च हामीनै बेर्होछौँ , उहाँहरुबाट एक रुपैया पनिलिदैनौँ’ डाक्टर चौधरी भन्नुहुन्छ, ‘उपचार सकिएपछि पनि राज्यकाकुनै निकायमाहाम्रो यतिखर्चभयो भनेर हामीविलपनि पेश गर्दैनौँ । जतिखर्च लाग्छ हस्पिटलकै लाग्छ ।’ उहाँले कोरोनाको संक्रमितहरुको थपउपचारको लागि काठमाडौँ लैजानुपरे पनि अस्पताललेनै एम्बुलेन्सको व्यवस्थागरिने पनिबताउनुभयो ।उहाँले सो अस्पतालमा अहिले स्वास्थ्यकर्मीले लगाउने सुरक्षा कपडा (पिपिइ) ५ सेट रहेको र आवश्यकताअनुसार थप्दै लैजाने बताउनुभयो ।
‘हामी पूर्ण रुपमाआफुपनि सुरक्षितहुँदै सक्रमितलाई उपचार गर्न तयार छौँ’ उहाँले भन्नुभयो, ‘जति सुरक्षाअपनाएपनिखतरा त हामीलाई पनि छ । तर स्वास्थ्यकर्मी हौँ , जस्तोसुकै बिरामीको उपचार गर्नपनिहामीतयार रहनुपर्छ, डराएर गर्दिन भन्नमिल्दैन् ।’ यसअघि सो अस्पताले चन्द्रपुर नगरपालिकाको क्वारेन्टाइन तयार नभएसम्म १० जनालाई सोही अस्पतालमा राखेको थियो । सो अस्पतालमा अहिले डाक्टर सुवास चौधरीको नेतृत्वमाचार जनादक्षचिकित्सकको टोलीकोरोना सक्रमितको उपचारमातयार रहेको अस्पतालले जनाएको छ । सो टोलीमा डाक्टर कुन्दनचौधरी, डाक्टर नितुरानी स्वर्णकार, डाक्टर राजनयादव रहेका छन् ।उनीहरुले सो अस्पतालमा मात्रनभइचन्द्रपुर नगरपालिकामा संचालन रहेको क्वारेनटाइनमा पनिनिशुल्कउपचारात्मकतथामनोपरार्मशक सेवाप्रदानगर्दै आइरहेका छन् । अस्पतालले तयार पारेको आइसोलेसन वार्ड नेपाल सरकारको मापदण्ड बमोजिम रहेको अस्पतालको दावी छ ।सो अस्पतालले अन्य समयमापनिविभिन्न सामाजिककार्यहरु गर्दै आइरहेको छ ।