अशोक पहाडी
रौतहट,१७ चैत । जिल्लामा एक बालिका बलात्कृत भएकी छिन् । जिल्लाको फतुवा विजयपुर वडा ५ फतुवा गाँउका प्रताप पासवानका १८ बर्षिय छोरा नवल पासवानले आफनो छिमेककी ८ बर्षिया नाबालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
शनिवार राती घर बाट नजिकैको किराना पसलका खानेतेल किन्न गईरहेकी नाबालिकालाई अभियुक्त पासवानले समातेर नजीकैको गलीमा लगेर जबरदस्ती करणी गरेका थिए ।
सो क्रममा पिडित बालिका रोए कराएपछी सुुनेर स्थानियले पासवानलाई पक्राउगरी प्रहरीमा खबर गरेका थिए ।
खबर लगतै ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख प्रहरी निरिक्षक चन्द्रकिसोर साहको कमाण्डमा गएकोटोलीले आरोपी पाश्वानलाई नियन्त्रणमा लिएको थियो ।
घटनाबारे प्रहरी निरिक्षक साहले सोमवार सार्वजनिक गरेका छन ।
आरोपी नवल पासवानमाथी बालयौन दुराचार संबन्धी मुद्धा गर्दागरी अदालत बाट आदेश लिएर अनुसंधान प्रकृया अगाडी बढाईएको प्रहरी निरिक्षक साहले बताएका छन ।
पिडित नाबालिका र पिडकको प्राथमिक स्वास्थ केन्द्र चन्द्रपुरमा स्वास्थ परिक्षण भईसकेको ईलाका प्रहरी कार्यालय बिजयपुरले जनाएको छ ।
विश्वयापी महामारी कोरोना भाईरस नियन्त्रण गर्ने उदेस्यले सरकारले घोषणा गरेको लकडाउनको अवधिमै रौतहटमा दुइजना बलात्कृत भएका छन् । रौतहटको कटहरिया ६ बगहीमा १७ बर्षिया बालिका कलात्कृत भएको दुईदिन न बित्दै जिल्लाको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिकामा अर्की ८ बर्षिया बलात्कारको घटना भएको हो ।
बलात्कार# रौतहटमा