बाल बिक्रम कार्की
रौतहट,१७ चैत । कोरोनाभाइरस विरुद्ध लड्न स्वास्थ्यकर्मीको प्रमुख हतियारको रुपमा रहेको व्यक्तिगत सुरक्षाउपकरण (पिपिइ) यो जिल्लामा एउटा पनि रहेको छैन् ।
कोरोनाभाइरस एक व्यक्तिबाट अर्काेमा सजिलै सर्ने भएकाले संक्रमितहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीको लागिपिपिइअत्वाश्यक मानिन्छ । तर जिल्लाका कुनैपनि स्थानियतहमाका सरकारी स्वास्थ्य संस्थाहरुमा पिपिइ नरहेको गौर अस्पतालका प्रमुख डाक्टर कृष्ण साहले बताए ।उनले कोरोनाभाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण हुने दर उच्च भएकाले त्यस्ता व्यक्तिहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगिन पिपिइअनिवार्य लगाउनुपर्ने बताए ।
‘कोरोना संक्रमितबाट स्वास्थ्यकर्मीलाई जोगाउनपिपिइअत्यावश्यक छ’ उनले भने, ‘यो नलगाइ संक्रिमित बिरामीको उपचार गर्नगए स्वयम स्वाथ्यकर्मी आफै संक्रमित हुन्छन् । उनँले जिल्लाभरीका स्वास्थ्यकर्मीलाई कम्तिमापनि १ हजार सेट पिपिइचाहिने बताउँदै तुरुन्त
यसको उपलब्धता गराउनुपर्ने माग गरे ।
जिल्लाका १६ वटा स्थानियतहले क्वारेनटाइन संचालन गरेपनित्यसमा खटिएका स्वास्थ्यकर्मीहरुका लागि अत्यावश्यक पिपिइनै नरहेको उनको भनाइ छ ।
चन्द्रपुर नगरपालिकामा रहेको निजी अस्पताल चन्द्रपुर हस्पिटल प्रालिले १० वेडको आइसोलेसन वार्र्ड तयार पारेपनि सरकारी स्वास्थ्य संस्थातथा स्थानियतहले भने तयार गरेका छैनन् । यसले गर्दा कुनै व्यक्तिलाई कोरोनाको लक्षण देखिएवाकोही संक्रमित भेटिए के गर्ने भन्ने बारे अझैपनि दुविधाकायमनै रहेको छ । त्यसैगरी जिल्लामाकोरोनाभएनभएको जाँच गर्नकालागि स्वाभनिकाल्नकालागिचाहिने टेस्टिङ्ग किट पनि एकसेट पनि नरहेको जानकारी प्राप्तभएको छ । यदि कसैलाई कोरोनाको लक्षण देखिएमाउसको स्वाभनिकाल्नको लागि प्रादेशिक प्रयोगशाला जनकपुर पठाउनुपर्ने वाध्यता रहेको छ । सो प्रयोगशालामापनि सो किट एकदमै न्यूण संख्यामा रहेको छ । शनिबार चन्द्रपुर हस्पिटल प्रालि सोहीप्रयोगशालाबाट तीनवटा किट ल्याएर कोरोनाको लक्षण देखिएकातीनजना स्थानियको स्वाभनिकालेर केन्द्रियप्रयोगशाला टेकुमा पठाएको थियो । तर सरकारी स्तरमाभने आजसम्म यस्तो प्रयास भएको छैन् ।
यता प्रमुख जिल्ला अधिकारीले जिल्ला अधिकारी वासुदेव घिमिरेले जिल्लाको लागिहाल ५ सय सेट पिपिइ केन्द्रमामाग गरेको जानकारी दिदैँ दुई–तीनभित्रती सेटहरु आइपुग्ने बताए ।
कोराना #