????????????????????????????????????

बालबिक्रम कार्की
रौतहट, १७ चैत्र ।
कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलिननदिन नेपाल सरकारले घोषणा गरेको लकडाउन उल्लघन गर्नेहरु विरुद्ध रौतहट प्रहरी कडा रुपमा प्रस्तुतहुनथालेको छ । प्रहरीले लकडाउनको सुरुवातीदिनमालकडाउन उल्लघनगर्नेहरुलाई सम्झाइबुझाइ गरेर घर फर्काउने गरेकाथियो । तर सर्वसाधरणले निरन्तर रुपमाविभिन्नबाहनामायसको अवज्ञा गरेपछि रौतहट प्रहरीले निकै कडाइ गर्न थालेको हो । आज (सोमबार) लकडाउन उल्लघन गरेर सडकमा निस्किएकाहरुलाई प्रहरीले सडकमै उठबस गराउने, पुसअप गराउने , जहाँको त्यहीँउभ्याएर राख्ने लगायतका सजायहरु दिइरहेको छ । जिल्लाकाकतिपय स्थानहरुमाबिनाकारण सडकमा निस्किएकाहरुलाई प्रहरीले सामान्य लाठीचार्जपनि गरेर घर पठाइरहेको समाचार प्राप्तभएको छ ।प्रहरीले बिरामी , औषधीकिन्न हिडेकाबाहेक अरुलाई सडकमा निस्कनदिएको छैन् भने एम्बुलेन्स र पास बाहेककाअन्य सवारी साधनहरुलाई पनिचल्नदिएका छैन् ।पास बीना सडकमा निस्किएका सावरी साधनहरुलाई प्रहरीले नियन्त्रण लिएको छ । स्थानियप्रशासनलेरौतहट जिल्लालाई पुरै सटडाउन गरेको छ । मेडिकलपसलबाहेक अन्यकुनैपनिपसलहरु खुलेका छैनन् भने विक्रेताहरुसँग सहकार्य गरेर उपभोक्तालाई घरमै खाद्यान्न पु¥याउने व्यवस्थापनिगरिएको छ ।जिल्लाकामुख्य राजमार्ग र चोकहरुमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालनगरिएको छ । त्यसैगरी ग्रामिण इलाकाहरुमापनिप्रहरीले नियमित रुपमामोवाइल गस्तीको व्यवस्थामिलाएको जिल्लाप्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्लाप्रहरी प्रमुखप्रहरी उपरिक्षक रविराज खड्काले लकआउट उल्लघन गर्नेजो कोहीँप्रतिपनिप्रहरी कडा रुपमा प्रस्तुतहुने चेतावनीदिनुभएको छ । उहाँले लकआउटको समयमाअत्यावश्यककाममाबाहेक घर बाहिर निस्कनेहरुप्रति कडा रुपमा प्रस्तुतहुनर आवश्यक परे वल समेत प्रयोग मातहतका टोलीलाई निर्देशनदिइसकेको बताउनुभयो । उहाँले सरकारले कोरोनाभाइरसको सक्रमण फैलिननदिन गरेको लकडाउनलाई कतिपय सर्वसाधरणले हल्का रुपमालिने गरेको पाइएकाले प्रहरी यसलाई नियन्त्रण लिन कडा रुख अपनाइ रहेको बताउँदै त्यस्ताव्यक्तिहरुलाई पक्राउ गरेर मुद्धा समेत दर्ता गरिने जानकारी दिनुभयो । ‘हामीले सर्वसाधरणलाई लकडाउन र यसको आवश्कताको बारेमानम्र रुपमा सम्झाउने प्रयास ग¥र्यौ तर कतिपयले यसको फाइदालिएर अवज्ञा गर्ने प्रवृतिपनि देखियो । ’ उहाँले भन्नुभयो, ‘अबत्यस्ता कसैलाई पनि छाडिदैन् । आवश्यक परे भौतिककारवाहीपनिगरिन्छ ।’ उहाँले प्रहरीले जिल्लाकाकतिपय स्थानहरुमा लकडाउनको समय बिनाकारण घरबाट निस्कनेलाई प्रहरीले वलप्रयोग गरेर भएपनि घरभित्र पठाइरहेको उल्लेख गर्दै यसलाई अझ कडाइ गर्दै लैजाने तयारी प्रहरीले गरेको जानकारी दिनुभयो । लकडाउनकै अवधिमाजिल्लाकाविभिन्न स्थानहरुबाट प्रहरीले सयभन्दा बढी सवारी साधन नियन्त्रणमा लिइसकेको जानकारी दिर्दै उहाँले नियन्त्रणमा लिइएका सवारीसाधनहरुलाई लकडाउन अवधि सकिएपछि मात्र सम्बन्धित सवारीधनीलाई फिर्ता गरिने बताउनुभयो । यसअघिजस्तोसाँझ ५ बजेपछि घर बाहिर निस्कनेहरुलाई पनिकारवाहीगरिने उहाँकोे भनाइ छ ।उहाँले हालसम्म रौतहटमा लकडाउ उल्लघन गर्ने ३ जनालाई नियन्त्रणमा लिइसकेको जानकारी दिनुभयो ।