????????????????????????????????????

बाल बिक्रम कार्की
चन्द्रनिगाहपुर,१८ चैत ।
जिल्ला प्रशासनकार्यालय रौतहटले जारी गरेको निषेधाज्ञालाई अर्को आदेश नभएसम्मको लागि निरन्तरता दिएको छ । स्थायिनप्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) बमोजिम प्रमुख जिल्ला अधिकारीलाई प्राप्तअधिकार प्रयोग गरी सो निषेधाज्ञा जारी गरिएको हो । स्थानियप्रशासनले अतिआवश्यकउपभोग्य सामग्री र औषधीउपचारको लागिवाहेक अन्यगतिविधि, आवतजावत भेलाजम्माहुने कार्यमानिषेध गरिएकोमाखाद्यान्न, तरकारी किनमेल गर्ने वहानामाजिल्लाकाअधिकांशचोक बजारहरुमाबेलुकीको समयमाअनावश्यकमात्रामा सर्वसाधारणको भिडभाड जम्माभएकोपाइएकोले निषेधाज्ञालाई अझ कडा बनाउनेभएको छ । स्थानियप्रशासनले अबअर्को आदेश नभएसम्मकालागिखाद्यान्न र उपभोग्य सामग्री ढुवानीका सवारी साधन, एम्बुलेन्स, स्वास्थ्यकर्मी,औषधीपसल र जिल्लाप्रशासनकार्यालयबाट पास लिएकाब्यक्तिवा सवारी साधनवाहेक अन्य सवारी साधन,पसल दोकान पुर्ण रुपमाबन्दगर्ने, यीवाहेक अन्यब्यक्तिहरु आवतजावतवा भेलाजम्माहुन पुर्ण रुपमानिषेध गरेको छ ।
कुनै सवारी साधनव्यक्तिवा समूहले यस निषेधाज्ञाको आदेश उलंघन गरेमात्यस्तासवारी साधन र ब्यक्तिलाई तत्काल नियन्त्रणमा लिई स्थानीयप्रशासन ऐन २०२८ तथा संक्रमण रोग ऐन२०२० बमोजिम कडाइका साथकारवाहीगरिने प्रमुखजिल्लाअधिकारी वासुदेव घिमिरेले जानकारी दिए । विभिन्नबाहानाहुने मानिसहरुको भिडभाड, आवतजावत नियन्त्रण हुननसकेमाआजसम्मकोरोनाभाइरस रोकथामका सम्पूर्ण पूर्वतयारीकाक्रियाकलापहरु प्रभावहिनहुने देखिएकोले निषेधाज्ञाको आदेश जारी गरिएको उहाँको भनाइ छ ।
लकआउटको समयमापनिजिल्लाकाकतिपय स्थानीयहरू साँझ ५ बजेपछि भने घर बाहिर निस्किएर चोक, बजार जाने , एकठाउँमा भेलाहुने गरेको गुनासो सर्वसाधरणको रहेको थियो ।