रौतहट,१८ चैत । रौतहटको कटहरिया जनता माबीमा सञ्चालित क्वारेन्टाईनमा २८ जना मानिसको उपचार भईरहेको छ । भारत लगायत बिभिन्न स्थान बाट घर फर्किएका २८ जनाको कोरोना भाईरसको आसंकामा उपचार भईरहेको छ ।
बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण गर्न बाहिर बाट आउनेलाई कम्तीमा १४ दिनसम्म क्वारेन्टाईनमा अनिवार्य बस्नैपर्ने ब्यवस्था सरकारले गरेको छ ।
भारतको दिलि,गुजरात,र नेपालको बिभिन्न ठाँउमा बसेर काम गर्दै घर फर्केका २८ जनाको कटहरिया स्थित क्वारेन्टाईनमा उपचारसेवा दिरहेको हेल्थ असिस्टेन्ट कृष्न नन्दन साहले बताएका छन ।
उनीहरुलाई समय उपचारका साथै स्वच्छ खाना,पानकिो ब्यवस्था समेत गरीएको छ । कटहरिया नगरप्रमुख सियाराम कुुश्वाहाको पहलमा माबी कटहरियाको भवनमा हाल १ सय बेड रहेको क्वारेन्टाईन सञ्चालन गरीएको छ । एकजना एमबिबिएस डाक्टर लक्षमण गुप्ताको नेतृत्वमा पिपिई सहीत तत्काल १० जना स्वास्थकर्मीले सेवा दिरहेका छन । क्वारेन्टाईनमा थर्मोगन, आक्सीजन,नेबोलाईजर,लगायत आवशयक औषधीको समेत कटहरिया नगरपालिकाले ब्यवस्था गरेको हेल्थ असिस्टेन्ट कृष्णनन्दन साहले बताएका छन ।
हाल १ सय बेडमा सञ्चालनमा रहेको कटहरिया क्वारेन्टाईनमा बेड संख्या बढाएर २ सय बेड बनाउने काम भईरहेको नगरप्रमुख सियाराम कुश्वाहाले जानकारी दिएका छन ।
उता जिल्लाको मौलापुर,ईशनाथ,राजपुर,गौर,चन्द्रपुर लगायत १५ स्थानमा सञ्चालनमा रहेको क्वारेन्टाईनमा १५१ बाहिर बाट आएकाहरुको उपचार भईरहेको रौतहट जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन । त्यसैगरी जिल्लाको ३ स्थानमा कोरोना भाईरस संक्रमितको उपचार गर्ने आईसोलेसन कक्ष सञ्चालनमा रहेको रौतहटका सिडिओ बाशुदेव घिमिरेले बताएका छन ।
हालसम्म नेपालमा भेटिएका कोरोना संक्रमित बिरामी सबैजना बाहिर बाट आएको भएकाले बाहिर बाट जो कोही आएपनी १४ दिन अनिवार्य क्वारेन्टाईनमा बसेमा मात्र रोग नियन्त्रण हुने भएकाले यस प्रति सबैजना सजग हुनुुपर्ने देखिन्छ ।