उपेन्द्र गोले
चन्द्रपुर,१९ चैत ।
विश्वमा कोरोना भाइरसले आक्रान्त बढिरहेको बेला हाम्रो देश नेपाल पनि कोरोनासंग लडिरहेको छ । भाइरसबाट कसरी मुक्त हुने भनी विश्वले विभिन्न उपायहरु अपनाउदै आइरहेको छ । यति बेला मुलुक लकडाउन अबस्थामा गुज्रिरहेको छ । उपत्यका लगायत शहरी क्षेत्रमा बिशेष निगरानीका साथ लकडाउनलाई सफल बनाउन प्रशासन क्रियासिल रहेका छन । लकडाउन अवज्ञ गर्नेहरुलाई प्रशासनले कडाइका साथ यातना समेत दिदै आएको छ । यसको प्रभाव गाउमा भने आंशिक रुपमा परेको छ । रौतहटको चन्द्रपुर—३ गैडाटारमा कोरोना सम्बन्धि कुनै किसिमको चेतनामुलक सन्देश समेत प्रवाह गर्न नसक्दा स्थानिय कोरोनाको अनविज्ञ रहेको स्थानिय दिपेन्द्र न्यापानेको भनाइ रहेको छ । यस भेगका स्थानिय खुल्याम दैनिक कार्यमा सामान्य दिन झै हिडडुल गर्नुका साथै सामुहिक कार्यहरु फुटबल , तास खेल्ने गरेको र चौतारो तथा चोकहरुमा भिडभाड गर्ने गरेको पाइएको छ । कोरोना सर्न सक्ने अबस्था र यसले समुदायमा पार्ने सक्ने असरबारे सामान्य जानकारी समेत थाहा नभएको र चन्द्रपुर नगरपालिका तथा ३ नम्बर वडा कार्यलयले कुनै त्यस्ता सन्देश मुलक योजना ल्याउन नसक्नु आफ्नो लागी दुर्भाग्य भएको अर्का स्थानिय निकेस तामाङले बताए । कोरोना संक्रमणबाट बच्नको लागी भन्दै गैडाटारमा भएका विभिन्न चोकहरुका १० स्थानमा केहि दिन अगाडी ड्रम खरिद गरि वडा नं. ३ को कार्यालयले सावुन पानीको ब्यबस्थान गरेको थियो तर २ दिन मै हाल ति ड्रमहरुमा न त पानी नै छ न त सावुन नै । के लागी त्यो ड्रम देखाउन हो ? एक स्थानिय सञ्चारकर्मीमाथी प्रश्न समेत गरेका छन । यस क्षेत्रमा रहेको तिलेश्वरनाथ साममुदायिक वनले सर्जिकल मास्क बितरण गरेको थियो भने आदर्श सामुदायिक वनले भने धुलो छेक्न सक्ने सामान्य कपडाको सिलाइ गरि मास्क बितरण गरेको छ । कोरोनाले विश्वको ध्यान तानिरहदा रौतहटको चन्द्रपुर—३ को वडा कार्यालयले कुनै चासो नदेखाउनु दुःख लागेको बसन्त तामाङको गुनासो रहेको छ ।
राष्ट्रले चैत्र १ गतेपछि बिदेशबाट नेपाल भित्रिएका नेपालीको पहिचान गर्र्न विभिन्न कदमहरु चाल्दै आएको छ तर यस वडाले त्यस्तो ब्यक्तिको पहिचानमा समेत चासो नदेखाएकोमा स्थानिय युवाहरुले आक्रोस ‘मेत ब्यक्त गर्न थालेका छन । चन्द्रपुर—३ गैडाटारमा चैत्र १ पछि ३ जना बिदेशबाट भित्रिएका छन । अमेरिकाबाट २ र मलेसियाबाट १ गरि ३ जना गैडाटरमा भित्रिएका हुन । उनीहरु हल लकडाउनका कारण घरमा नै बसिरहेका छन ।