अशोक पहाडी
गौर,२३ चैत ।
रौतहटको इशनाथ नगरपालिकामा पर्ने भारती सिमाबाट भारतमा बसोबास गर्ने नेपाली हरु नेपाल छिर्ने गरेका कारण समस्या भएको छ । इसनाथ नगरपालिकामा रहेको क्वारेन्टाइनमा त्यसरी नेपाल छिर्नेलाई राख्ने गरिएको नगरपालिकाका कार्यकारी अधिकृत नन्दकिशोर गुप्ताले जानकारी दिएका छन् । गौरको नाका बन्द भएका कारण भारतमा बसोवास गर्नेहरु यतीबेला इशनाथ नगरपालिकामा पर्ने सिमााबट सहजै नेपाल छिर्ने गरेको स्थानीय बासिन्दाले बताएकाछन् ।
इशनाथ नगरपालिकाका कार्यकारी प्रमुख गुप्ताका अनुसार सो नगरपालिकामा राहत बांडने र क्वारेन्टाईनमा राख्नका लागि भारतबाट आउने नागरिकको खोजी गरेर राखिने गरिएको छ । स्थानीय प्रशासनले समेत भारतसंग सिमा जोडिएको इशनाथ नगरपालिकाको सिमामा कडाइ गर्नुपर्ने बताएकाछन् । नगरपालिकाले क्वारेन्टाइनको नियमित अनुगमन तथा स्थानीयलाई माक्स बाडने र सावुनपानीको ब्यावस्था गरेको गुप्ताले जानकारी दिएकाछन् ।