अशोक पहाडी
गरुडा,२३ चैत । रौतहट जिल्लाको गरुडा नगरपालिकाले विश्वब्यापी महामारीका रुपमा रहेको कोरोनाको महामारी नियन्त्रण गर्न बिभिन्न कार्यक्रम गरेको छ । गरुडा नगरपालिकाका प्रमुख ईन्दु राय यादवको नेतृत्वमा नगरका बिभिन्न स्थानमा सावुन तथा माक्स वितरण लगरिएको छ । नगरमा रहेका अती बिपन्न तथा गरिव परिवारका लागि नगरप्रमुख यादवले राहतको प्याकेज घोषणा गरेका छन् ।
गरुडा नगरपालिकाको सबै वडामा माक्स ताथा हात धुने सावुन बितरण गरिएको र नगरबासीको लागि कुनै समस्या रहेमा टोलफ्रि नम्बरमा सम्पर्क राख्नका लागि नगर प्रमुख यादवले आग्रह गरेका छन् । मुलुकनै संकटमा रहेको बेला गरुडा नगरपालिकाले नगरबासीका लागि सक्दो सहयोग गर्न तत्पर रहेको स्थानीय समाजसेवी अनिल यादवले जानकारी दिएका छन् ।