उपेन्द्र गोले,

चन्द्रपुर २८ चैत ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले बिकराल रुप लिएपछि रौतहटका बिधालय स्तरका बिधार्थीहरुको परिक्षा अन्यौलमा परेको छ । नेपाल सरकारले चैत्र ५ गतेभित्र बार्षिक परक्षिा सञ्चालन गरि सक्नु पर्ने निर्दैशन दिएको भएतापनि रौतहटमा भने सो निर्देशनको पालना नगर्दा विधार्थीहरुको परिक्षामा अन्यौलता आएको हो । रौतहटमा सामुदायिक बिद्यालयहरुले चैत्र २ गतेबाट परिक्षा सञ्चालनमा ल्याएकोमा ४ वटा परिक्षा लिइसकेको थियो । नेपाल सरकारले ५ गतेबाट देशैभरका बिद्यालयहरु बन्द गर्न निर्देशन दिएपछि परिक्षा रोकिएको छ भने निजि बिद्यालयहरुले चैत्र ७ गतेबाट परिक्षा सञ्चालन गर्ने तयारीमा रहेको थियो । प्रदेश नं. २ को जनकपुर लगायत रौतहट र अन्य जिल्लाका केही स्थानमा केही बिद्यालयहरुले पनि परिक्षा गर्न बाकी रहेको रौतहटको चन्द्रपुर नगरपलिकाका शिक्षा शाखा संयोजक तथा बिद्यालय निरिक्षक दिपेन्द्र मण्डलले जनाउनु भयो । नेपाल सरकारले तोकेको समय फाल्गुन २७ बाटै रौतहटमा पनि बार्षिक परिक्षा गर्ने तयारी आफुले गरेको भएतापनि बिद्यालयका प्रधानाध्यापकहरुले नै चैत्रमा पुर्याएको मण्डलको दावी रहेको छ । विश्वभरि महामारीको रुपमा संक्रमित कोरोना भाइरसले परिक्षा गराउने परिस्थिती नभएकोले कक्षा ८ को परिक्षा मात्र गराउने अरु परिक्षा भने कन्टिन्युउ एक्सिसमेन्ट सिस्टममा गर्न सकिने तर नेपाल सरकारको निर्देशन अनुसार गरिने बताउनु भएको छ । निजि बिद्यालयले भने लकडाउन खुल्ने बितिकै परिक्षा सञ्चालन गर्ने रौतहट प्यापसलका अध्यक्ष लोक श्रेष्ठले जानकारी दिनु भयो । देशैभरि रहेका निजि तथा सामुदायिक बिद्यालयहरुले नेपाल सरकारको निर्देशन अनुसार बार्षिक परिक्षा सम्पन्न भइसकेको बताउनु हुदै रौतहट जिल्लाका अन्य स्थानिय तहले पनि परिक्षा सम्पन्न गरिसकेको तर चन्द्रपुर नगरपालिका अन्र्तगतका निजि तथा सामुदायिक बिद्यालयको मात्र परिक्षा हुन बाकी रहेको रौतहट जिल्ला शिक्षा समन्वय समितिका संयोजक राम विनय कुमार सिंहले जानकारी दिनु भयो । हरेक स्थानिय तहको परिक्षा गर्न सक्ने अधिकार सोही स्थानिय तहसंग रहेको हुनाले जिल्ला समन्वय समितिले गराउन नमिल्ने र त्रैमासिक परिक्षाका परिक्षाफल कै आधारमा परिक्षा गराउन बाकी रहेका स्थानिय तहले परिक्षा नै नगराइ परिक्षाफल अनलाइनबाटै निकाल्न सिंहले सुझाव दिनु भयो । विश्व नै कोरोनाले आतंकित भइरहदा शिक्षा जस्तो संवेदनशिल बिषयमा नेपाल सरकारले दिइएको निर्देशनको पालना नगर्दा रौतहटको चन्द्रपुर नगरपालिकाका बिधार्थीहरु चपेटामा परेका छन ।