दिपेन्द्र जयसवाल ३० चैत ।
कोभिड–१९ (कोरोना) को प्रकोप नियन्त्रणका लागि चैत्र ११ गते देखि नेपाल सरकारले गरेको लकडाउनले बाराका माछा पालक किसानहरु अहिले मर्कामा परेका छन् ।
लकडाउनका कारण बजार बन्द भए पछि माछा बेच्ने बेला भए पनि पोखरीमैं पालेर राख्नु परे पछि किसानहरु मर्कामा परेका हुँन् । कलैया उपमहानगर, कोहल्वी नगरपालिका, सिम्रौनगढ नगरपालिका लगायतका क्षेत्रमा मात्रै करिब पाँच हजार परिवार माछा पालन व्यवसायमा आवद्ध छन् । यस्तै , उक्त व्यवसायमा करिब १० हजार मजदुर र व्यवसायी प्रत्यक्ष र अप्रत्यक्ष रुपमा जोडिएका छन् । यो सिजन भनेको माछाको प्रजनन् गर्ने र भुरा उत्पादन गर्ने हो । अहिले लकडाउनले भुरा र दाना दुबैको अभाव छ । बारा जिल्लालाई स्पेशल माछा जोनको रुपमा सरकारले घोषणा गरिसकेको अवस्था छ । माछा किसान सहिँत माछा व्यावसायसँग जोडिएका परिवारले माछा बेचेर तरकारी चामल किनेर खाने परिवार याहाँ धेरै छन् । ती परिवार अहिले सबै भन्दा ठूलो समस्यामा रहेको जिउँदो माछा व्यवसायी संघको केन्द्रिय अध्यक्ष जंगबहादुर साहले बताएका छन