अशोक पहाडी
रौतहट,१ बैशाख ।
रौतहटको ईशनाथ नगरपालिकाका एक युवकमा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण देखिएको छ । ईशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनी केही दिन पहिला भारतको दिल्लीबाट रौतहट स्थित घर आएर क्वारेन्टाइनमा बसेका थिय । रौतहटको इशनाथ नगरपालिका ५ मोतिपुर घर भएका १९ बर्षका ती दिल्लीबाट औषधी बोक्ने ट्रक चढेर मोतिहारी सम्म आएको र त्यहाबाट पैदल हिडेर चैत १६ गते बेलुका घर आएका थिय ।
उनी आएको थाहा पाउनासाथ सुरक्षाकर्मीको सहयोगमा आफुहरुले चैत १७ गते बेलुका इशनाथको औरैया माबीमा रहेको क्वारेन्टाईनमा ल्याएको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत अन्द किशोर गुप्ताले जानकारी दिएका छन् ।
औरैयामा रहेको क्वारेन्टाइनमा अधिकांस भारतको बिभिन्न स्थानबाट आएका २७ जना पुरुष र ३ जना महिला रहेको कार्यकारी प्रमुख गुप्ताले जानकारी दिएका छन् । भारतको बिहारसंग सिमा जोडिएको औरैया नाकाबाट अझैपनी हिडेरै चोरबाटो नेपालीहरु नेपाल प्रवेस गर्ने गरेको गुप्ताले बताए ।