गौर २ वैशाख । हिजो सोमबार कोरोना संक्रमति रौतहटका युवाको परिवारका सबैको कोरोना परीक्षण रिपोर्ट निगेटिभ आएको छ । इसनाथ नगरपालिकामा बस्ने १९ वर्षीय युवामा कोरोना पोजेटिभ देखिएसँगै उनको परिवारका सदस्यहरुको पनि कोरोना र्‍यापिडटेस्टमार्फत परीक्षण गरिएको थियो। युुवकका घरका परिवार सदस्य १४ जनासहित जम्मा ३९ जनाकोटेस्ट गरिएको थियो। सबैको रिर्पोट नेगेटिभ आएको गौर अस्पतालका मेसु कृष्ण साहले जानकारी दिए। साथै उनी बस्ने गरेको क्‍वारेनटाइनमा कार्यरत स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको पनि ९र्‍यापिड डाइगोनिष्ट विधिबाट परीक्षण गरिएको छ।कोरोना संक्रमित युवकका परिवारका सबै सदस्यहरुलाई पनि क्‍वारेनटाइमा राखिएको छ। गत चैत्र १६ गते मध्यरातमा दिल्लीबाट नेपाल आइपुगेका उनलाई १७ गते बिहानै सोही नगरपालिकाको जनता मावि औरैयाको क्‍वारेनटाइनमा राखिएको थियो। गत चैत्र २९ गते सो क्‍वारेनटाइनमा रहेका ३० जनामध्ये २५ जनाको थ्रोट स्वाव नमुना परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौं पठाइएकोमा उनको मात्र कोरोना पोजेटिभ देखिएको हो । १६ दिनअघि दिल्लीबाट आएका मुस्लिम समुदायका ती युवाको उपचारका लागि नारायणी उपक्षत्रीय अस्पताल वीरगन्ज लगिएको छ। जिल्लामा कोरोना संक्रमित देखिएसँगै प्रशासनले जिल्लाका विभिन्न स्थानहरुमा ९यापिड डाइगोनिष्टटेस्ट गराउने तयारी गरिरहेको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्लाअधिकारी बासुदेव घिमिरेले जानकारी दिएका छन् । भारतसँग सीमा जोडिएका स्थानहरुमा थप सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाइएको समेत प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।