रुपेन्द्र पटेल, ७ बैशाख, रौतहट ।
प्रदेश सरकारद्वारा दोस्रो चरणको राहत प्याकेजको घोषणा गरेपछि राजपा नेपालले रौतहटले सो निर्णयलाई स्वागत गरेका छन् । लकडाउनका कारण समस्यामा परेका अती गरिब तथा बिपन्न परिवारहरुलाइ घरमै राहत पुर्याउने प्रदेश सरकारकले निर्णय गरे पछि राजपा नेपालका रौतहट जिल्ला अध्यक्ष राम प्रवेश दाश तत्माले स्वागत गरेका छन । कोरोना भाइरस रोकथाम तथा कोरोनाको संक्रमण बाट बच्न नेपाल सरकार द्वारा घोषणा गरेको लकडाउन अर्थात (बन्दाबन्दी) को मारमा परेका अति बिपन्न, गरिब, दलित तथा ज्यालादारी गरि जिविकोपार्जन गर्ने हरुको लागि प्रदेश सरकारले पहिलो चरनमा स्थानिय तहहरुलाई पठाएको राहत अनुदानमा प्रायः धेरै जसो स्थानिय तहहरुले व्यापक अनियमिता तथा चरमदुरुपयोग गरिरहेको अवस्थामा प्रदेश–२ का सरकारले दोस्रो चरनको राहत प्याकेज जिल्ला स्थित घरेलु तथा साना उधोग कार्यालय मार्फत राहात सामग्री खरिद गरि स्थानिय तहहरु सँग समन्वय गरेर सिधै जनताहरुको घर घरमा पुर्याउने प्रदेश सरकारको निर्णयलाई राजपा नेपाल रौतहट अध्यक्ष दाशले जोरदार स्वागत गरेका छन । अगामी दिनहरुमा पनि यस्तो संकटको घडीमा प्रदेश सरकार सजग रही पीडित जनताहरुको सुख दःुखमा साथ सहयोग दिनु हुने राजपा नेपाल रौतहटले बिश्वास लिएका छन ।