रौतहट, ९ बैशाख । लकडाउनको मौका छोपी परोहा नगरपालिकाले गुणस्तरहिन विकासे काम भएको छ ।
कोरोना महामारीबाट वच्न सरकारले समाजिक दुरी कायम गर्न तथा देशभर जनतालाई आ आफ्नो जिउज्यानको सुरक्षामा ध्यान दिन अपिल गरिरहैकै बेला सो नगरपालिकाको वडा नं. २ मा कार्यवाहक अध्यक्ष तपेन्द्र यादवले सडक ढलानको कार्य आरम्भ गरेका छन । सो काम समेत गुणस्तरहिन भएको स्थानीयले बताएकाछन् ।
नगर कार्यसमिति विन्दालाल पासवानका अनुसार कसैले नदेखोस र गुणस्तरको कुनै ख्याल नगरोस भनी स्थानीय राजकिशोर यादवले वडामा रहेको सडक ढलान कार्यमा कमसल र स्टिमेट भन्दा बाहिर गई काम गरेको आरोप लगाएका छन ।
समाजिक दुरी समेतको ख्यालनै नगरि सरकारले गरेको लकडाउनको धज्जि उडाउदै गुणस्तरहिन र स्टिमेट बाहिर गई कार्य गर्नेमाथि कार्वाही गर्न स्थानीय दिनानाथ यादवले माग गरेका छन् ।