ओम प्रकाश यादव
गरुडा १० बैशाख । नेपाल विद्युत प्राधिकरणको शब स्टेशन हर्षाहाको चरम लापरवाहीका कारण रौतहटको गरुडा नगरपालिका वडा–९ श्रीपुरमा लाखौको विद्युत उपकरणहरुमा क्षति पुगेको छ । हर्षाहा शब स्टेशनबाट सप्लाई भएको विधुत लाईनमा गएराति एक्कासी आएको हाई भोल्टेजको कारण श्रीपुर टोलका अधिकांश घरहरुमा रहेको टिभि, एलईडी, चार्जर लगाएतका विधुतीय सामग्रिहरु कामै नलाग्ने गरी जलेर नष्ट भएको छ । हर्षाहा शब स्टेशनका कर्मचारी उमेश यादवको लापरवाही र गैर जिम्मेवारीपनका कारण विधुत उपकरणहरु जल्दा करिव १० लाख रुपैया बराबरको क्षति भएको समाजवादी पार्टिका युवा नेता राजकुमार दासले बताउनुभएको छ । हाई भोल्टेज आईरहेको बारेमा आफुले विधुतका कर्मचारी पटेललाई पटक पटक जानकारी गराउँदा समेत बेवास्ता गरेका कारण उक्त क्षति भएको युवा नेता दासको भनाई छ । यस विषयमा विधुतकै कर्मचारी राम अयोध्या यादवसँग प्रतिक्रिया लिन खोज्दा उहाँको फोन उठन सकेको छैन । श्रीपुरका स्थानीय बासिन्दाहरुले विधुतका कर्मचारी पटेलको बेवास्ताका कारण विधुत लाईनबाट आफुहरुलाई भएको क्षतिपुर्तिको माग गरेका छन । यश विषयमा हरसहा विद्युत सब स्टेशन का कर्मचारी उमेश पटेल संग प्रतिक्रिया लिंदा हाई भोल्टेज आएको बारे ढिलो जानकारी आएको कारण क्षति हुन गएको बताएका छन् । अहिले अवरुद्ध विद्युत सेवा सुचारु गर्ने काम भइरहेको र सम्भप्त आजैदेखि विद्युत सेवा सुचारु भइसक्ने उनले बताए ।