चन्द्रपुर,१० बैशाख । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ ले राहतबितरण गरेको छ । वडा कार्यालयले आफ्नो वडामा रहेका गरीव,दैनिकज्यालादारी मजदुर,अतिबिपन्न परिवारलाई राहतबितरण गरेको वडाध्यक्ष बिष्णु प्रसादउप्रेतीले जानकारी दिनुभयो ।
७नम्बर वडामा रहेका १ हजार ४७ घरधुरीलाई चामल,दाल,तेल।चिनी र साबुन राहत स्वरुपबितरण गरिएको वडाध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । राहतमा ३० केजीचामल,३ केजीदाल,२ केजीचिनी,२ लिटर तेल र २÷२ पिस साबुनबितरण गरिएको उहाँले जानकारी दिनुभयो । कोरोनाभाईरसकाकारण खान समेत समस्या परेका वडाबासीलाई राहतबितरण गरिएको र राहतबितरणमा स्थानीययुवाहरुले सहयोग गरेकोमा वडाध्यक्ष उप्रेतीले धन्यवाद समेत दिनुभएको छ । ७नम्बर वडामा रहेका हरेक बस्तीमा प्रतिनिधि खटाएर नाम संकलन गरेपछि राहतबितरण सुरु गरिएको थियो । वडाअध्यक्षको नेतृत्वमा हरेकको घरघरमागएर राहतबितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।