रौतहट,१० बैशाख । डिभिजन वन कार्यालय रौतहटले ५० औ विश्व पृथ्वी दिवस २०२० मनाएको छ । यो अवसरमा डिभिजन वन कार्यालयले जनसहभागिताको आधारमा बुधबार विहान वृक्षारोपण गरेको छ । चन्द्रनिगाहपुर स्थित हातेमालो सामुदायिक वन उपभोक्ता समुहको परिसर र डिभिजन वन कार्यालयको हाताभित्र वृक्षारोपण गर्दै विश्व पृथ्वी दिवस मनाइएको हो । ईस्वी सम्बत १९७० देखी विश्वका १९३ देशमा हरेक बर्ष अप्रिल २२ तारिखका दिन “विश्व पृथ्वी दिवश”मनाईंदै आईरहेको परिप्रेक्षमा देश लकडाउनमा भएपनि आज डिभिजन बन कार्यालयले बृक्षारोपण गरि मनाएको हो । जामुन, मडुवनी, तेजपात, साल लगायतका बिभिन्न प्रजातीका बिरुवा रोपण गरी पृथ्बि दिबस मनाइएको हो । जनसहभागितामा आधारित रहेर दिबस मनाइएको डिभिजन बन प्रमुख बिनोद सिहले बताउनु भयो । डिभिजन बन कार्यालयले हरित अभियानको नीति लिएको बताउनु हुदै बन प्रमुख सिहले रौतहटको हरेक साझेदारी र समुहको खाली बन क्षेत्रमा बृक्षारोपण गर्दै बन संरक्षण गर्दै जाने बताउनु भयो । बोट, बिरुवा भए मात्र पर्यावरण जोगिने भएकाले सबै मिलेर बृक्षारोपण र वन संरक्षण गुर्नपर्नेमा दिबस मनाउन आएको सहभागिको जोड रहेको थियो ।