रुपेन्द्र पटेल ११ बैशाख ।
रौतहट क्षेत्र नं—४ का राजपाका सांसदका प्रत्यासी तथा गरुडा निवासी समाजसेवी कन्थमनि प्रसाद जयसवालले बिहीबार पनि रौतहटको बृन्दावन नगरपालिका वडा नं—१ मा राहत वितरण गरेका छन् । नेता जयसवालले आफ्नो निजि लगानिमा बृन्दावन नगरपालिका वडा नं—१ मा करिब ५७ जना ं ज्यालाादारी गरेर खाने गरिब विपन्न परिवारलाई राहत वितरण गरेका हुन । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशव्यापी रुपमा गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरुलाई अहिले खानपिनमा समस्या भएपछि खाद्यान्नको अभावमा कसैलाई पनि मर्न नपरोस भन्ने उदेश्यका साथ गरिब परिवारहरुलाई नेता जयसवालले खोजी खोजी आफनै व्यक्तिगत लगानीमा राहत बाँडि रहेका हुन । निर्वाचनका बेला ठुल ठुला कुरा गर्ने कयांै सांसद र नेताहरु यतिबेला हराएका छन तर निर्वाचनमा पराजित भएका नेता कन्थमनी जयसवालले यतिबेला गरिब तथा समस्यामा परेका विपन्न तथा असहायलाई खोजी खोजी खाद्यान्न राहत सहयोग गरिरहेका छन् । नेता जयसवालले रौतहटमा यतीबेला राहत वितरण अभियान नै चलाएका हुन् । उनले लगातार ९ दिन देखि रौतहटमा राहत वितरण गरिरहृका छन् । समाजसेवी कन्थमनी जयसवालले राहत वितरण गरेको चर्चा यतीबेला रौतहटको गाउँ गाउँमा हुन थालेक छन । समाज सेवामा विग्त लामो समयदेखि लागेका कन्थमनी जयसवालले अहिलेसम्म गरुडा, चन्द्रपुर, गढिमाई नगरपालिकामा ४२४ र बिहीबार बृन्दावनमा ५७ जना गरी ४८१ भन्दा बढि गरिब परिवारलाई राहत वितरण गरिएका छन् । आज पनि बृन्दावन नगरपालिका वडा नं—१ रमौली बैरिया, रामपुर, चिरान टोल र बलरीमा ५७ अति विपन्न परिवारहरुलाई खाद्यान्न सामग्रि वितरण गरेका हुन । समाजसेवी जयसवालले प्रति परिवार १० किलो चामल, ३ किलो आलु, १ किलो दाल, १ किलो प्याज, १ किलो नुन तथा एउटा साबुन र एउटा माक्स बाँडिरहेका छन् । एकजनालाई खाद्यान्न राहत सहयोग गर्दा करिब एक हजार एक सय रुपैया खर्च लागिरहेको नेता जयसवालले बताउँछन । आफ्ना केही मान्छे गाउँमा पठाएर अति विपन्न परिवार छनौट गरी विपदमा परेकालाई सहयोग गरिरहेको जयसवाल बताउँछन् । विपत्तिको समयमा अति विपन्न परिवार भोकै नमरुन् भनेर आफूले सकेको सानो सहयोग गरिरहेको बताउने जयसवाल आवश्यकतानुसार सहयोग गर्दै जाने बताएका छन । बिहीबार भएको राहत वितरण कार्याक्रमा बिश्रामपुर प्रहरी चौकीका सई सतरुधन राउत लगायत सञ्चारकर्मी र भद्र भलादमीले लकडाउनको पाल्ना गर्दै समाजिक दुरी कायम गरेर सहभागिता जनाएका थिए ।