चन्द्रपुर,१२ बैशाख । जिल्लाको चन्द्रपुर नगरपालिकाले बांडेको राहत निमुखा बर्गको हातमा नपरेको गुनासो आएको छ । चन्द्रपुर नगरपालिका वडानं ४ले राहतको समान कारवाला र तीन तले घर भएकालाई बांडेको सर्बसाधारणको भनाइ रहेको छ । चन्द्रनिगाहपुरको मुख्य चोकमा दैनिक ज्यालादारी गरेर खाने र नागरिकता नभएकाले नगरपालिकाको राहत नपाएको भन्दै नेपाली कांग्रेसका युवाहरुले त्यस्ताको घरघरमै लगेर राहत बाडेका थिय ।
नेपाली काग्रेसका युवा नेता मुकेश गिरी सहितको टिमले नगरिकता नभएका ,नगरपालिकाबाट राहत नपाएकाहरुलाई खाद्ययान्न बितरण गरेको छ । यस्तै चन्द्रनिगाहपुरमा ठेला चलाएर जिवीका चलाउदै आएकाहरुलाई स्थानीय ब्यापारीले खाद्ययान्न बाडेको थियो । नगरपालिकाले नगरमा रहेका नागरिकता नभएका तथा अतिबिपन्नका लागि राहत बांडने भनेको भएपनि त्यो राहत कहाँ पुग्यो भन्ने बिषयमा कुनै जानकारी नभएको स्थानीय युवा प्रभाष थापाले बताए । कोरोनाका कारण एक महिना बढीको लकडाउनका कारण चन्द्रपुर नगरपालिकामा निमुखा तथा काम गरेर पेटपाल्ने बर्गका समुह पिडित बनेका छन् ।