चन्द्रपुर १३ बैशाख ।
नेपाल विद्युत प्रधिकरण शाखा कार्यालय चन्द्रनिगाहपुरका केही कर्मचारीको लापरवाहीका कारण रौतहटको उतरी तथा पुर्व भेगमा पर्ने बरेडवा, चेतनगर,खौराहा, श्रीनगर र बलरीका स्थानिय वासिन्दाले विग्त एक हप्तादेखि रातीको समयमा अन्धकारमा बस्नु परेको गुनासो गरेका छन् । स्थानियका अनुसार दिनभरी लाइन हुने र रातीको समयमा डुमरियाबाट लाइन काटने गरेका बताएका छन् । एक हप्तादेखि रातीको समयमा लाइन काटदा स्थानियलाई समस्या हुने गरेको बताएका छन् । लाइन काटेपछि स्थानियले विद्युतमा टेलिफोन गरेर सोधपुछ गर्दा लाइन बिग्रेको बहना बनाउने गरेका खौराहाका स्थानिय दिमगर चौधरीले बताएका छन । रातीको समयमा लाइन काटदा स्थानिय आतंकित बनेका छन् ।