रौतहट,१९ बैशाख । लकडाउनको अवधिमा पटक पटक बर्षा हावाहुरी असिना पछी रौतहटेली किसान माथी अज्ञात समुहको कहर परेको छ ।
हावाहुरी र असिनाको कारण करोडौंको बाली नाली क्षतीभएको रौतहटमा अज्ञातसमुहले पनी ठुुलोकहर थपेको छ ।
मौलापुुर नगरपालिका वडा ८ स्थित एकजना किसानले ब्यवसायीकरुपमा ठुुलो क्षेत्रफल जग्गामा लगाएको तरकारी बाली अज्ञात समुहले नष्ट गरेका छन ।
मौलापुर ८ सोनरनिया गाँउछेउमा स्थानिय किसान रामेश्वर पण्डितले ब्यवसायीरुपमा ८ कठा जग्गामा लगाएको हाईब्रिड फलिरहेको करेला र दुुईसय ५० बोट फलिरहेको लौकाको बिरुवा नष्ट गरेका छन ।
रामजानकी फलफुल नर्सरीले लगाएको ८ कठामा रहेको करेला र छेउमै रहेको दुुईसय ५० बोट फलिरहेको लौकाको बिरुवा गएराती चोरसमुहले उखेलेर नष्ट गरेको पिडित किसान पण्डितले जानकारी दिएका छन ।
आफुु संग कसैको कुनै दुस्मनी नभएपनी द्धेसका कारण अज्ञात समुहले फलीरहेको उक्त तरकारीका बिरुवा उखेलेकाले झण्डै १२ लाख बराबरको क्षतीभएको पिडित किसानले बताएका छन ।
चर्कोभाडा दिएर दिनरातको मिहिनेत बाट फल्नेसमय बिरुवा नष्टगर्ने अपराधीलाई कार्वाहीको दायरामा ल्याउनुुको सटा सरकार संग पिडितले क्षतीपुुर्तीको माग गरेका छन ।
ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख ईन्सपेक्टर राकेश यादवले प्रहरीले घटनास्थल निरिक्षण गरीसकेको र थप अनुुसंधान गरीरहेकाले केहीसमय भित्रै अपरामी पक्राउहुने प्रतिवद्धता जनाएका छन ।