बारा,१९ बैशाख । कलैयालाई कोरोना अस्पताल बनाउने प्रदेश २ सरकारको निर्णयप्रति नेपाली कांग्रेस बाराले विरोध जनाएको छ। उक्त अस्पताल बस्ती बीचमा पर्ने भएकाले यो निर्णय स्वीकार्य नहुने कांग्रेस बाराले विज्ञप्तिमार्फत बताएको छ । जिल्ला सभापति जयचन्द्र चौरसियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ( कलैया अस्पतालमा जिल्लाको विभिन्न ठाउँबाट गरिब असहाय अतिविपन्नहरुको उपचार लगायत खोप सेवा, प्रसुति सेवा सञ्चालनमा बाधा अवरोध पुग्छ ।