रौतहट, १९ बैशाख । बिपतमा प्रभाबकारी भुमिका निर्बाह गर्नु पर्ने रौतहटका सहकारी संस्थाले लकडाउनको समयमा आफना अति बिपन्न परिबारका शेयर सदस्य प्रति अनुदार बनेको छ । सामाजिक उतर दायित्व बहन गर्ने नाममा फोहोर संकलन गर्ने डस्टबिन सडकमा राख्ने र अस्पतालमा भर्ना भएका बिरामीको कुरुवा लाई बर्षै पिच्छे फलफुल बितरण गर्ने सहकारी संस्थाले आपत परेको अबस्थामा आफना अतिबिपन्न परिबारका शेयर सदस्य लाई बेवास्ता गरेको पाइएको हो । यति मात्र नभै सहकारी संस्थाका पदाधिकारीहरुले बार्षिक कार्ययोजना बनाई बाहिरी जिल्लाको समेत भ्रमण गर्ने गरेका छन भने जेष्ठ नागरिक लाई तीर्थाटन गराउने गरेका छन तर गरिबी निबारणमा सहकारीको मुख्य भुमिका रहेको बताईरहदा यसपटक रोजगार गुमाएका र पीडित रहेका आफना शेयर सदस्य लाई कुनैपनि सहकारी संस्थाले राहत बितरण गरेको पाईएन । भ्रमण र खरिदमा रुचि राख्ने सहकारी संस्थाले राहतको पर्खाईमा रहेका शेयर सदस्यको पहिचान गरी खाध्यान्न सहयोग गर्न जरुरी देखेपनि बेवास्ता गरेको पाइएको छ । रौतहट जिल्लाको हरेक पालिकामा ३ प्रतिशत भन्दा बढि गरिबी रहेको छ । प्रदेशनम्बर २ मा त रौतहट सबैभन्दा बढी ४६.४३ प्रतिशत गरिबी छ । सुगम जिल्ला भएपनि मानबसुचाङ्गक र बिकासमा पछि परेको रौतहट जिल्ला लाई माथि उठाउन नत स्थानीय जनप्रतिनिधिले भुमिका खेल्न खासै सकेको पाईदैन भने सहकारी संस्थाले समेत प्रभाबकारी भुमिका खेल्न सकेको पाईदैन । चरम गरिबीको डर लाग्दो अबस्था रहेको प्रदेश नम्बर २ को रौतहट जिल्लाका सहकारी संस्थाका नेतृत्वले प्रभाबकारी भुमिका खेल्न नसक्दा अतिबिपन्न परिबारका शेयर सदस्य निराश बन्दै गएका छन । अहिले कोरोना महामारीले मानबजीबनको अस्तित्व संकटमा परेको अबस्थामा समेत रौतहटका सहकारी संस्थाहरुले घरदैलोमा सेबा पु¥याउन सकेका छैनन भने निब्र्याजी सीमित कर्जा सुविधा लागु गर्न नसक्दा शेयर सदस्यको आर्थीक अबस्था झनै नाजुक हुने भन्दै शेयर सदस्य चिन्तित बनेका छन । आफना शेयर सदस्यको आर्थीक अबस्थाको बिषयमा कुनैपनि सहकारी संस्थाले बर्गीकरण समेत गरेको पाईदैन तर आर्थीक कारोबार मात्र गरेर गरिबी निबारण हुन नसक्ने जानकारहरु बताउछन । बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको कारण देश लकडाउनमा रहेको छ । सहकारी संस्थाको शेयर सदस्य समेत रहेका दैनिक ज्यालादारी गर्ने मजदुर, असंगठित क्षेत्रमा काम गर्ने श्रमिक मजदुर बर्ग र असयाह समुदाय लाई यो समयमा खाध्यान्न संकट परेको छ । यस्ता आफना शेयर सदस्य लाई सहकारी संस्थाले राहत दिएको पाईदैन । भनिन्छ सुख लुकाउन सकिन्छ दुख लुकाउन सकिदैन तर यसको यर्थाथ चित्रण लकडाउनले देखाईदिदा पनि गरिबी निबारणमा सहयोग पुरयाएको भन्ने सहकारी संस्थाको बेवास्ताका कारण अति बिपन्न शेयर सदस्यहरु मर्कामा परेका छन ।