गरुडा २१ बैशाख ।
रौतहटमा गठन गरिएको बज्जिका पत्रकारहरुकोे भिडियो बैठक सम्पन्न भएको छ । बज्जिका पत्रकार समाज रौतहटले भिडियो बैठक सम्पन्न गरिएको हो । विश्व प्रेस दिवसको अवसरमा आयोजित भिडियो बैठकमा बज्जिका पत्रकार समाजका अध्यक्ष राजु श्रीवास्तव, वरिष्ठ उपाध्यक्ष रुपेन्द्र पटेल, सचिब सागर ठाकुर, कोषा अध्यक्ष राम प्रबेश बैठा, सदस्य अकलेश यादव तथा सलाहकारहरु, सञ्जय साह मित्र र नेक महमद हुसेनको सहभागिता रहेको थियो । लकडाउन पालना गर्दै पत्रकारहरुले भिडियो प्रविधिले रौतहटमा पहिलो पटक बैठक गरिएको बज्जिका पत्रकार समाज रौतहटका वरिष्ठ उपाध्यक्ष रुपेन्द्र पटेलले बताएका छन । बज्जिका भाषामा कार्यरत रौतहटका केही पत्रकारहरु गत वर्ष बज्जिका पत्रकार समाज रौतहट गठन गरिएका थिए । भिडियो बैठकमा समाजका अध्यक्ष राजु श्रीवास्तव प्रविधि र समय सँगै पत्रकारहरुको कलम चलनु पर्ने बताएका हुन ।