रमेश समर्थन
लुट्छन् दानबहादुरै धन यहा या माग्दछन् दिन्दिनै
होऊन् भोजप्रसाद नै दिनदिनै भोकै रहन्छन् तिनै
लाछी कायर छेरुवा जति जहा वीरै गनिन्छन् झनै
नामै बुद्ध भएर के जब तिनै रेट्छन् खसी रोज नै ।

पढ्ने काम कुनै गरेन जसले बन्ने उही पाठक
हातैमा जसको परेन कलमै बन्ने उही लेखक
के शास्त्र बुझेन क्यै पनि अझै “शास्त्री“ हुने रे उनै
भैंसीतुल्य छ अक्षरै जसकनै “आचार्य “ बन्ने तिनै ।

नाकै छैन त के लगाउनु फुली ? औंठी कहाँ लाउनु
औंलै छैन , र छैन केश शिरमा के काईयो चाहिनु
खुट्टै छैन भने किनेर भन के जुत्ता र मोजा गरूं
“भट्टाचार्य“ भए निरक्षर भने रोऊ कि हा“सी मरू ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here