चन्द्रपुर,९ असार / प्रदेश नं २ सरकारद्धारा बिनियोजन भएको बजेटमा बन्दै गरेको भौतीक संरचनाको रौतहटका प्रदेश सांसद धनलाल ठोकरले अनुगमन गरेका छन् । १५ लाखको बजेटमा चन्द्रपुर नगरपालिका वडानं १ को नुनथर क्षेत्रमा बन्दै गरेको मञ्चको सांसद ठोकर सहितका स्थानीय नेता तथा कार्यकर्ताले अनुगमन गरेका हुन् ।
आईतबार ठोकरले नुनथरबाट आफ्नोे पहलबाट बन्दै गरेको संरचनाको अनुगमन गरेका हुन ।
अनुगमनका नेपाली का“ग्रेस महासमिति सदस्य सुर्य बहादुर थापा ,नेपाली का“ग्रेस चन्द्रपुरका सचिव निलहरी कोईराला ,कृष्ण प्रसाद हुमगाई,गजेन्द्र भट्टराई लगाएतले अनुगमन गरेका थिए । सो अवसरमा उपभोक्ता समितिका समिर बाबु कार्की ,गोपाल घिमिरेले बन्दै गरेको मञ्चको बिषयमा जानकारी दिएका थिय । प्रदेश सांसद ठोकरले अवको दिनमा चन्द्रपुर नगरपालिकाको नुनथर ,सहिद पार्क ,र डावरीका लागि समेत बजेट ल्याउन आफुले पहल थालेको जानकारी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here