चन्द्रपुर,११ असार । मंगलबार प्रहरीको गाडी दुर्घटनामा ज्याउन गुमाउने आफन्तहरूलाई राहतस्वरूप १० लाख सहयोग उपलब्ध गराउने सहमतिमा अब?द्ध महेन्द्र राजमार्ग खुलेको छ। प्रहरीको लापरवाहीले आफ्नो मान्छेको ज्यान गएको भन्दै मृतकका आफन्तले बुधबार दिउँसो पूर्व(पश्चिम महेन्द्र राजमार्ग अव?द्ध गरेका थिए। मंगलबार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट जिल्ला अदालत गौरमा थुनुवालाई म्याद थपको लागि लिएर जाँदै गरेको भ्यान चन्द्रपुर १० स्थित बालचनपुर नजिकमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ६ का लागुऔषध मुद्दामा थुनामा रहेका मुकेश भनिने निमरल साह र सुनसरी इन?वा नगरपालिका वडा नं. ९ मा सवारी ज्यान मुद्दामा थुनामा रहेका रमेश कुमार चौधरीको उपचारको क्रममा नारायणी अस्पताल वीरगन्जमा मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here