चन्द्रपुर, १२ असार । रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा श्री कृष्ण प्रणामी मन्दिरको शिलान्यास गरिएको छ । बुधबार क्षेत्र नम्बर ४ का संघिय सांसद देव प्रसाद तिमल्सिना र श्री १०८ अमृतराज महाराज द्वारा संयुतm रुपमा मन्दिरको शिलान्यास गरिएको हो । ५ करोडको लगतमा ३ बर्ष भित्र निमार्ण सम्पन्न गर्ने शो मन्दिरमा संघिय सांसद कोषबाट २५ लाख रुपैया, वडा कार्यलय बाट ५ लाख रुपैया र स्थानिय भक्तजनहरुबाट ५० लाख रुपैयाको सहयोगमा निर्माण हुने मन्दिरका सचिब युवराज खतिबडाले जानकारी दिए । उनका अनुसार मन्दिरमा योग साधना केन्द्र समेत रहने छ । शिलान्यास कार्यक्रममा चन्द्रपुर नगरपालिकाका प्रमुख मेयर रामचन्द्र चौधरी, वडा नम्बर ८ का वडा अध्यक्ष पासपत चौधरी,श्री कृष्ण प्रणामी धर्मका राष्ट्रिय आध्यात्मिक प्रवक्ता पंडित कृष्ण प्रसाद सापकोटा,बिदुसी माता मालति ओझा,सन्त सुरेन्द्र सास्त्री लगाएत स्थानिय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here