डा.श्रीभगवान ठाकुर
परिचय ः नेपालमा धेरैजसो कृषकहरूको जीविकोपार्जन पशुपालनमा निर्भर रहेका छन् । कृषकहरूले गाईभैसीहरू दूध,मल तथा जोत्नकालागि पाल्ने गर्दछ ।
उन्नत पशुपालनमा गोठ, नश्ल, आहारा र स्वास्थ्य महत्वपूर्ण चार खम्बाहरू हुन । गाईभैसीको गोठमा घाम, वर्षा, चिसो, छाया, हावा र प्रकाशको समुचित व्यस्थापन नभएकोले गाईवस्तुलाई थप तनाव हुनगई तीनको उत्पादन घट्नुका साथै रोगबाट समेत ग्रसित हुने गरेका छन् । गाईवस्तुहरू प्रायःखुल्ला ठाउँमा बाँधेर अव्यवस्थित तरीकाले पालनगर्दा नश्लको क्षमता अनुसार उत्पादन लिन सकिएको छैन । गाइभैंसीको गोठ सुधार गरी जलवायु अनुकुलित गोठ निर्माण अति आवश्यक रहेको छ । दिगो कृषि तथा उचित उत्पादन लिनका लागि गाईवस्तुको गोठ जलवायु परिवर्तन अनुकूलित बनाउनु पर्दछ । यसरी गाइभैंसीको गोठ निर्माण गर्दा जलवायु परिवर्तनका असर न्यूनीकरण हुनुका साथै घर आँगन सफा भई वातावरणमा सुधारमा समेत सहयोग पुग्ने छ । यस्ता प्रविधि तराई मधेशमा प्रचलनमा बढी नरहेकोले त्यहाँका कृषकहरूलाई बढी फाईदा हुने देखिएकोले स्थानीय तहका योजनामा समेटेर योजना निर्माण गर्दा राष्टूको समृद्धिमा टेवा पुर्याउने छ ।
महत्वः गोठ अँध्यारो, सूर्यको प्रकाशन पर्ने, चिसो भएको अवस्थामा उपियाँ, जुम्रा, तथा सुलसुले जस्ता बाह्य परजिवीको आक्रमण तिब्र हुनुका साथै संक्रामक रोगका जीवाणु, विषाणु तथा ढुसीको बृद्धिविकास तिब्रभई गाईवस्तु विरामीभई रहन्छ । गोठ हावा नखेल्ने बाफिलो, गोबर पिसावले दुर्गन्धित र चिसो भएमा श्वास प्रश्वास संबन्धि रोगले पशुवस्तुहरू विरामी पर्ने गर्दछन् । सूर्यको प्रकाशले रोगका जीवाणुहरू नष्ट हुनुका साथै पशुको शरीरमा विभिन्न प्रकारका भिटामिनहरूको प्राप्ति हुन्छ । गोठसुधारले पशुवस्तुको सोत्तर, गोबर र मूत्र व्यवस्थापन हुने तथा घाम, पानी, चिसो, हावाहुरी, वर्षा, असिनाको तनावलाई घटाई मौसमी तनावले हुनजाने रोगमा कमी हुन्छ । यसबाट घाँस तथा दानाको उपभोगमा बृद्धि हने र आहाराको प्रभावकारीता बढ्ने हुन्छ । गोठ सुधारबाट गाईवस्तुको गोबर तथा मूत्रको समुचित व्यवस्थापन हुने भएकोले हरित गृह ग्याँस मिथेनको उत्सर्जनमा कमीभई जलवायु परिवर्तनमा समेत कम गर्नेेछ ।
ठाउँको छनौट ः गोठबनाउने ठाउँ ओभानो, उज्यालो, समथर, पानी सजिलैसँग सोसिने र बग्ने तथा निकासको सुविधा भएको हुनुपर्दछ । कम्तीमा दिनमा ५(६ घण्टा सूर्यको प्रकाश पर्ने, जोडसँग हावानचल्ने तर हावाको आवागमन राम्रो भएका र आरसेनिक मुक्त पानी पाईने ठाउँको छनौट गर्नु पर्दछ ।
गोठको लागि आवश्यक क्षेत्रफलः सुधारिएको गोठको लागिआवश्यक लम्बाई चौडाई, घाँस, दाना र पानीको लागि डुँडको विस्तृत विवरण यहाँ उल्लेख गरिएको छ ।
उपरोक्त अनुसार गोठ निर्माण गर्दा प्रति बयस्क गाईको लागि ८.३३ फिटलम्बाई र ४.६६ फिट.चौडाई तथा भैंसीकोलागि ८.६६ फिट लम्बाई र ५फिट चौडाई चाहिन्छ । यो लम्बाईको गोठ बनाउँदा पशुको मलमूत्र ठिक नालीमा गई पशुको सुत्ने ठाउ सफा रहन्छ । ठाउँ ठूलोभएमा पशुहरू वरिपरि घुम्ने र सुत्ने ठाउँमा मलमूत्र जम्मा हुन सक्छ ।
घाँस दाना तथा पानीको डुँडको लागि आवश्यक क्षेत्रः प्रति वयस्क गाईभंैसीको लागि दानाको डुँड ६०(७५ से.मि. लम्बाई, ४० से.मि. चौडाई र ४० से.मि. गहिराई हुनु पर्दछ । जमीन देखि ९० से.मि.उँचाईमा डुँड बनाउनु पर्दछ जुन जग देखि दानाखाने भित्रिभाग ५० से.मि.उँचाईमा निर्माण गर्नु पर्दछ । त्यस्तै बाच्छा बाच्छी र पाडा पाडीको लागि ४०(७५ से.मि. लम्बाई, ४० से.मि. चौडाई र ३० से.मि. गहिराईको हुनु पर्दछ ।
पिउने पानीको डुँड दानाको डुँड जस्तै वयस्क गाईभंैसीको लागिडुँड ६०(७५ से.मि. लम्बाई, ४० से.मि. चौडाई र ४० से.मि. गहिराईको बनाउनु पर्दछ । त्यस्तै बाच्छा बाच्छी र पाडा पाडीको लागि१० देखि २० से.मि. लम्बाई भएको निर्माण गर्नु पर्दछ ।
गाईभैंसी गोठको भूँई पक्की निर्माण विधिः गोठको भूँईक्षेत्र पक्की, पानीनजम्ने, नसोस्ने र सफा गर्न सजिलो हुने ढंगबाटनिर्माण गर्नु पर्दछ । त्यसको लागि सेमेन्ट, गिटी र बालुवाबाट ढलान गरेर,वा ईटा, काठ वा ढुँगा छपाएर गोठको भूई निर्माण गर्नु पर्दछ । सकेसम्म खुल्ला क्षेत्र र नसके बन्द क्षेत्र त अनिवार्य रूपमा सेमेन्टको पक्की बनाउनु पर्दछ ।भूँई क्षेत्र पक्कीगर्दा भूँइ नचिप्लिने तथा खस्रो खालको बनाउनुपर्दछ । समान्यता गोठको सतह एक फुट जति उँच्चो हुनु पर्दछ । गोठको भूँईक्षेत्र निर्माण गर्दा निकाशतर्फ ०.५ देखि १ प्रतिशतजति भिरालो बनाएर ढलान गर्नु पर्दछ ।जस्ले गर्दा सफा गरेको पानी र पिसाव बगेर २० से.मि. चौडा बनाईएको कुलेसोमा जान्छ ।
गोठको छाना निर्माणः छाना बलियो टिकाउपानीनचुहिने, बाहिरी तापक्रमको छेक्ने तथाआकर्षक हुनु पर्दछ । छानासम्मपरेको चाक्लो वा भिरालो हुनु पर्दछ । स्थान र मौसम अनुसार छाना १२ देखि ३५ डिग्रीसम्म भिरालो हुन सक्दछ ।
छाना खर तथा २५(२६गेजको जस्तापाताकोहुनु पर्दछ ।
पर्खाल क्षेत्र र भेन्टिलेशनः गोठको पर्खाल एकदमै मजबुतअर्थात बलियो हुनु पर्दछ । पर्खाल बनाउँदा ईटा वा ढुँगाबाट १(१.५ फिटबाक्लो पर्खाल बनाउनु पर्दछ । भिरालो छाना भएको गोठमा अग्लो भागतिर पर्खालको उँचाई ८.३३फिटर बलेनीतिर ५ फिटउचाईको पर्खाल बनाउनु पर्दछ । पर्खाल बनाउन समस्या भए जस्ता पाताले घेरेको हुनु पर्दछ । अग्लो पर्खालपट्टि १.५फिटको लम्बाई चौडाईको पूर्व दक्षिण तिर भेन्टिलेशनकोलागि द्म्यालबनाउनु पर्दछ ।
मल राख्ने खाडलः प्रतिदिन, प्रतिगाईभैंसीबाट ४० देखि ४५ किलोसम्म गोबर प्राप्त हुन्छ। गोबरमा भएको पोषकतत्वलाई बचाउन, मिथेन ग्याँसको उत्सर्जन न्यून गर्न तथा दुर्गन्ध नआउन दिन गोबर सोतरहरूको व्यवस्थापन गर्न मल राख्ने खाल्डो गोठ देखिअलि टाँढा बनाउनु पर्दछ । खाल्डो १०(१३.३३फिट लम्बाई, १३.३३(१६.६६फिटचौडाई र ३.३३ फिटगहिराई भएको खन्न्ु पर्दछ ।प्रति घन मिटर खाल्डोमा ७०० देखि १००० किलोसम्म अटाउछ ।
पिसावजम्मा गर्ने टंकी निर्माणः गाईभैंसीको अधिकाँस पिसाव खेर जाने तथाअमोनियाग्यास र नाईटूस अक्साईडले पशुस्वास्थ्य र वातावरणमा नकारात्मक असर पार्ने भएकोले गाईवस्तुको मूत्र संकलनकोलागि पिसाव टंकी बनाउनु पर्दछ । गोठको भूईभन्दा तल ५० से.मि. लम्बाई चौडाई र गहिराईको सेमेन्टको पक्कीटंकी निर्माण गर्नु पर्दछ वा ५० लिटरको प्लाष्टिकको टंकी गाड्नु पर्दछ ।
गोठको भूँई बनाउँदा ओरालोपट्टि ८ ईन्चको बनाईएको कुलेसोमा १ ईन्च मोटाईको पाईप लगाई पिसाव टंकीमा जोडनु पर्दछ । पिसाव टंकीको मुख छोपेर राख्नु पर्दछ ।
गोठको ढोकाः गोठमा गाईभैंसीको लागि ढोकाअलि फराकिलो बनाउनु पर्दछ । ढोका डुँडपट्टि नराखि ओरालो वा गोठको मध्यभागतिर ६ फिटअग्लो र ४ फिटफराकिलो काठ र जस्ता पाताको बनाउनु पर्दछ ।
निश्कर्षः जलवायु परिवर्तनले गाईवस्तुको उत्पादन र उत्पादकत्वमा प्रत्यक्ष असर पारी उचित लाभ नभएको अवस्थामा दिगो कृषि तथा कृषक पेशालाई मर्यादित बनाउन स्थानीय तह गाउँपालिका र नगर पालिकाले गाईवस्तुको गोठ सुधारमा उचित रकम विनियोजन गरी गाउँघर सरसफाईका साथै कृषकहरूको आम्दानीमा बृद्धि गर्न सकिन्छ । (मधेश दर्पण फिचर सेवा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here