अशोक पहाडी
रौतहट, २० असार ।
तराईबासीहरुको महान पर्व छठ पुजा गर्नका लागि रौतहट क्षेत्र नम्वर १ को ख को विभिन्न पोखरीहरुको स्तरउन्नती गरेर पक्कि घाट धमाधम भईरहेको पाइएको छ । निर्वाचन क्षेत्र ख बाट निर्वाचित तथा प्रदेश नम्वर २ का भुमि तथा कृषि राज्य मन्त्री योगेन्द्र यादवको पहलमा संचालनमा रहेका करिव तिन दर्जन विकास निर्माणको कार्यहरु मध्ये एक दर्जन स्थानहरुमा रहेका पोखरीको स्तरउन्नोती गरेर पक्कि छठ घाट तयारी गर्ने कार्य युद्ध स्तरमा भइरहेको छ ।
राज्य मन्त्री यादव सहित रौतहटका संचारकर्मीहरुले शुक्रवार उक्त क्षेत्रको स्थलगत रुपमा अनुगमन गरेर विकास निर्माणमा भईरहेको स्थानीय बासिन्दाहरुको सहयोग र त्यसको प्रभावकारी वारे लाभान्वित स्थानीय बासिन्दाहरु निकै खुशी भएका छन् । । पथरा, गंगापिपरा, माधोपुर लगायतको स्थानमा कृषि बजार लगाउने सेडहरु तयार भईरहेका छ । विद्यालय भवन, कम्पाउण्ड वाल, दुर्गा मन्दीरको कम्पाउण्ड वाल, रजैया सडकको भलोहियामा अवस्थित सशस्त्र वेस क्याम्प देखि गढीमाई सम्म बाटो पक्किकरण गर्ने कार्य धमाधम भईरहेको पाइयो ।
प्राय ः पोखरीलाई सौन्दयीयकरण गरेर आन्तरिक पर्यटनलाई बढावा दिनका लागि पार्क, बोटिंगको व्यवस्थापन गर्नका लागि निर्माणाधिन कतिपय योजनाहरु बहुबार्षिक रहेको जानकारी दिदै कृषि राज्य मन्त्री यादवले विकास निर्माण तथा समृद्धिको पथमा करिव तिन दर्जन कार्यक्रमहरु यहाँ संचालनमा रहेको स्पष्ट पारे । जनताले दिएको अभिभारालाई आत्मसाथ गर्दै नयाँ योजनाहरु ड्रिम प्रोजेक्टहरु ल्याउने तर्फ आफू अग्रसर रहेको बताए ।
संघिय व्यवस्थाको सुरुवाती दौरमा धेरै अप्ठ्यारा र विभिन्न अप्ठ्याराहरुलाई झेल्दै राजनितिक मुद्दाको संगसंगै विकास र समृद्धिको मुद्दालाई अगाडी बढाएको । संसदीय विकास कोष, पूर्वाधार निर्माणका कोष, समाजिक विकासको कोष र भुमि व्यवस्था कृषि सहकारी मन्त्रालयको कोषको रकमबाट तिन दर्जन भन्दा बढि शिर्षकको कार्यक्रम संचालनमा छन् जुन ५ लाख देखि १ करोड सम्मको योजनाहरु रहेको बताए ।
भौतिक पूर्वाधार, पर्यटन विकास, कृषि, सिंचाई, साँस्कृतिक, स्वास्थ्य, शिक्षा, क्षेत्रमा कार्य भईरहेको छ । जिल्लामा हुँदै नभएका किसानहरुको उब्जनीलाई भण्डारण गर्न गरुडाको जयनगरमा सित भण्डारण केन्द्रको निर्माण कार्य सुरु हुने छ जसको २५ करोडको लागतमा ५ हजार मेट्रीक टनको मल्टि डाइमन्सनको छ । प्रदेश २ को ८ वटै जिल्लामा एक÷एक सित भण्डारण भवनको निर्माण हुने स्पष्ट पारे । ३५ किलोमिटरको चक्रपथ निर्माण गर्न डिपिआर तयार भईसकेको र यसपाली बजेट विनियोजन भई निर्माण कार्य आउदो आर्थिक बर्ष देखि बहुबर्षिय योजनामा सुरु हुने बताए ।
विगतमा उठेका आरोप प्रत्यारोपको कुनै पर्वाह नगरी आफनो कार्यकाल सकिन लाग्दा रौतहटको क्षेत्र नम्वर १ ख मा विकासको हेर्ने लायक हुनेछ जसबाट जनताहरु पूर्ण रुपमा लाभान्वित हुने उनले बताए । यति मात्रै नभई सहकारी, दुध चिस्यान केन्द्रमा प्रदेश सरकारले लगानी गरेको बताए ।
प्रदेशभरीका प्रसिद्ध स्थललाई प्रदेश सरकारले छुने प्रयास गरिएको छ । २००८ सालमा तमसुक फटा अभियान माधोपुरबाट संचालन भएको हुँदा यसपालिको बजेट १ करोड समेटिएको हुँदा किसानहरुलाई निकै राहत पुगेको समेत वर्तमान सरकारबाट सबैलाई समेटिने प्रयास गरिएकोमा जानकारी समेत दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here