रौतहट,२० असार / जिल्लाको दक्षिणी भेगमा प्रहरीकै मिलेमतोमा अबैध मदिरा उत्पादन गर्ने भट्टी संचालनमा रहेका छन् ।
यस बिषयमा स्थानीयले पटक पटक जिल्ला प्हरी कार्यालयमा गुनासो गर्दा समेत कुनै सुनुवाइ नभएको एकजना स्थानीय बासिन्दाले तराई एक्सप्रेसलाई जानकारी दिएका छन् ।
ईलाका प्रहरी कार्यालय राजपुरफरदवा का इन्चार्ज सइ प्रमानन्द यादवको मिलेमतोमा राजपुर क्षेत्रमा मात्र दर्जन बढी अबैध मदिरा उत्पाद गर्ने भट्टी संचालनमा रहेको स्थानीयको भनाइ रहेको छ ।
राजपुर नगरपालिकामा दर्जनौ अवैध मदिराभट्टी संचालनमा रहेको भएपनि सम्बन्धीत निकायले त्यस तर्फ कुनै ध्यान नदिएको स्थानीयको भनाइ रहेको छ ।
जिल्ला प्रहरी कार्यालय गौरले खटाएका घुमुवा प्रहरीले समेत त्यस्ता भट्टी संचालक संग मासिक रकम बुझने गरेको समाचार स्रोतले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here