गौर,२३ असार / रौतहट सदरमुकाम गौर स्थित बरहवा खोलामा निर्माणाधिन अवस्थामा रहेको प्रि स्टेज कन्क्रीट व्रिजको विम चर्किएको पछि स्थानीय बासिन्दाहरु पुलको गुणस्तर माथि प्रश्न चिन्ह खडा गरेका छन् ।
गौर नगरपालिका वडा नम्वर ४ स्थित रहेको बरहवा खोला जुन गौर चन्द्रपुर सड्क खण्डमा पर्ने उक्त पुलको निर्माणको जिम्मेवारी कन्काई इन्टरनेशनल विल्डर्स प्रालीले लिएका थिए ।
डिभिजन सडक कार्यालय चन्द्रपुरबाट उक्त निर्माण कम्पनीले भ्याट बाहेक ४ करोड ९८ लाखमा ४० मिटरको सिंगल स्पान भएको पुल निर्माण गर्न २०७४ भदौमा ठेक्का सम्झौता गरेर २०७६ भदौमा सम्पन्न गर्नुपर्ने लिखित सम्झौता गरेको थियो ।
निर्माण कम्पनीबाट अरवीन्द जयसवालले जिम्मेवारी लिएर प्रि स्टेज कन्क्रीट व्रिजको कार्य सरु गरे । पुलको स्पान र विम ढलान भई केवलको सहारामा विम तन्काउने क्रममा उक्त निर्माणाधिनको विमको विचमा चर्केर होल बनेपछि स्थानीय बासिन्दाहरु पुल निर्माणको गुणस्तर माथि प्रश्न चिन्ह खडा भएको गौरका समाजसेवी मोहन श्रीवास्तावले बताए ।
बस पार्कको छेउमा रहेको बरहवा खोला भएर गौर आउने एक मात्र माटोमा निर्माणाधिन पुलको विम तन्काउने वेलामा चर्केर होल बनेपछि स्वभाविक रुपमा गौर बासीलाई निकै अप्ठ्यारो हुने बताउदै समाजसेवी श्रीवास्तवले सम्बन्धित निकायको लापरवाही एवं हेलचक्रयाईका कारण निर्माण सम्पन्न हुनु अगावै विम चर्केको हुँदा निर्माण पक्षलाई भत्काएर पुन ः निर्माण गराउनुपर्ने माग राखे । उक्त कार्यमा लापरवाही गर्नेहरु विरुद्ध आवश्यक छानविन गरेर कारवाही हुनुपर्नेमा पनि उनले जोड दिए ।
फाईल फोटो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here