चन्द्रपुर,३० असार । लगातारको बर्षाले चन्द्रपुर नगरपालिका वडानं ३ गैडाटारका बिजुलीको पोल ढलेका कारण स्थानीय अंधकारमा बस्न बाध्य भएका छन् ।
बिजुली नभएका कारण खानेपानीको हाहाकार भएको सो वडाका वडाअध्यक्ष रवी देवकोटाले जानकारी दिएका छन् । चादी खोलामा आएको बाढीका कारण गैडाटार लगिएको बिजुलीको पोल ढलेका कारण स्थानीलाई समस्या भएको हो । बिजुली नभएका कारण खानेपानी आयोजनाको पानीको धारामा पानी आउन छाडेको स्थानीयले बताए । बिजुली नभएका कारण स्थानीयलाई मोवाईल चार्जको समेत समस्या भएको छ । वडानं ३ का बासिन्दाले सुद्ध पिउने पानी समेत ४ दिन देखी नपाएकोले यस तर्फ सम्बन्धीत निकायले ध्यान दिनुपर्नेमा वडाअध्यक्ष देवकोटाले जोड दिएका छन् । अरु कुरा परै जावस खानेपानीको लागि समबनधीत निकायले पहल गर्नुप¥यो ,उनले भने । त्यसका लागि आफुले पहल गरेको समेत उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here