कटहरिया,३० असार / अबिरल बर्षा र बाढी बाट बाटो क्षतीग्रस्त भएको बावजुद पुर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रभु साह आफना निर्वाचन क्षेत्रको स्थलगत निरिक्षण गरेका छन ।
पुर्वमन्त्री साह सिम सिप पानी परिरहेको अवस्थामा छाता ओढेर पैदल हिँडी रौतहट संसदिय निर्वाचन क्षेत्र ३ को अधिकांश स्थानिय तहमा घुमेर जनताको दुखमा साहस दिने प्रयास गरेका छन । शुक्रवार बिहान देखी मौलापुर,देवाही गोनाही,फतुआ बिजयपुर नगरपालिकाको बिभिन्न वडामा घुमेर बाढी तथा बर्षा बाट बिस्थापित लाई भेटेका थिए ।
त्यसैगरी संघिय सांसद प्रभु साह आज सडक डिविजन प्रमुख दरोगा साह,जल उत्पन्न तथा नदी नियन्त्रण कार्यालयका प्रमुख राजकुमार श्रिवास्तवलाई साथमा लिएर क्षेत्रको अधिकांस भागमा स्थलगत निरिक्षण गरेका छन ।
निरिक्षणको क्रममा क्षतीग्रस्त लालबकैया नदीको बाँध र अबिरल बर्षा तथा बाढी बाट क्षतीग्रस्त बाटोलाई तत्काल मर्मत गराउन सांसद साहले दुबैजना प्रमुखहरु लाई निर्देशन दिएका छन । अबिरल बर्षा र बाढी बाट रौतहट क्षेत्र ३ अन्र्तरगत गर्जाघाट,कटहरिया घाट,मौलापुरघाट स्थित लालबकैया नदीको पुलको दुबैछेउको बाटो बगाएको छ ।
त्यसैगरी बाढीले कटहरिया जंगलसैया सडकखण्डको भसेढवा स्थित झण्डै दुईमिटर पक्की सडक बगाएको छ ।
पक्कीसडक बगाउदा बाँधको बाटो हुँदै जेनतेन कटहरिया जंगलसैया धन्सार रोडमा आवत जावत सुचारु रहेको छ ।
तर गर्जाघाट,कटहरिया घाट,मौलापुर घाट स्थित लालबकैया नदीको तिनवटै पुलछेउको बाटो बगाएको कारण गत शुक्रवार साझ देखी सो रुट भई पैदल बाहेक सबै सवारीसाधन चल्न नसकेको प्रदेश सांसद कुन्दन कुश्वाहाले बताए ।
निरिक्षण टोलीमा सांसद प्रभु साह,संघिय सांसद समिना हुसैन, प्रदेश सांसद कुन्दन कुश्वाहा,सडक डिविजन प्रमुख दरोगा साह,नदि नियन्त्रण प्रमुख राजकुमार श्रीवास्तव, कटहरिया नगरप्रमुख सियाराम कुश्वाहा लगायतको सहभागिता रहेको नगर प्रवक्ता चन्दन कुश्वाहाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here