कटहरिया,३० असार । प्राकृतिक बिपदाको समय मानबिय नाताले पनी एक अर्काको सहयोग गर्ने समाजको चलन रहेको छ । तर समाजमा केही कुतत्वले जुन सुकै अवस्थामा पनी मानिसलाई बाध्य बनाएर आफनो दुनो सोझयाउने गर्दछन । त्यसको प्रत्यक्ष उदाहरण बनेको छ रौतहटको कटहरिया १ पोखरभिण्डा,गर्जाघाट स्थित लालबकैया नदीको पुल ।
कटहरिया तर्फ पुलछेउमा स्थानिय केही युवाहरुले आउने जाने प्रत्येक ब्यक्ती संग जनही ५०रुपैया अशुल्ने गरेका छन । चारदिनको अबिरल बर्षा संगै आएको बाढीले पुलको पुवीछेउको केही माटो बगाएको छ ।
माटो बगेर खाली भएको ठाउमा दुईतिन वटा बाँसको लचका जस्तो बनाएर कटहरिया १ का राजकुमार कुश्वाहाका छोरा संतोष कुश्वाहा,रामाज्ञा महतोका छोरा अशोक कुश्वाहा,धुपलाल महतोका छोरा राजेश कुश्वाहाले पुलभई आउनेजाने जनही ५० रुपैया अशुली रहेका छन ।
जिल्लाको पश्चिमीभेग जाने आउने मुख्य बाटो कटहरिया घाटको लालबकैया पुलछेउको बाटो बगाएपछी अहिले आउने जाने मुख्य बाटोको रुपमा गर्जाघाट बनेको छ ।
उक्त तिनचार जनाको समुहले बलपुर्वक सो बाटो भई आउने जाने सैयौं मानिस संग जनही ५०रुपैयाको दरले अशुल गरीरहेपनी स्थानिय प्रशासन मौन रहेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खडकाले पुलको नाउमा अबैध सशुली गरीरहेका माथी कानुन बमोजिम कार्यवाही हुने बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here