गौर,१ साउन ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रोतहटद्धारा बाढी प्रभावित बस्ती दुर्गा भगवतीमा सोमवार एकदिने निशुल्क स्वास्थ्य शिविर संचालन भएको छ ।
दुर्गा भगवतीको वडा नम्वर १ गंगापिपरामा संचालन गरिएको उक्त निशुल्क शिविरमा समाजिक विकास मन्त्रालयका चिकित्सक सुचितकुमार शर्मा, चिकित्सक लक्ष्मीनारायण भगत, चिकित्सक रवीन्द्र यादव सहितका स्वास्थ्यकर्मीहरुले बाढीबाट प्रभावित भएका महिला, पुरुष तथा बालबालिकाहरुलाई उपचार गरेर निशुल्क रुपमा औषधी वितरण गरेका थिय ।
करिव पाच सय जनाको स्वास्थ्य परिक्षण गरेर निशुल्क रुपमा औषधी वितरण गरेको जानकारी दिदै जिल्ला अयुर्वेद स्वास्थ्य केन्द्रपुरका प्रमुख डा. विनयकुमार झाले बाढी प्रभावित बस्तीमा आयुर्वेद स्वास्थ्य केन्द्रको पहलमा शिविरको माध्यमबाट प्रभावितहरुलाई उपचार गरिएको जानकारी दिए ।
सो शिविरलाई गाउँपालिका अध्यक्ष अरुणकुमार साहले उदघाटन गरेर बाढी प्रभावितहरुलाई समुचित उपचार गरी औषधी दिन चिकित्सकहरुसंग आग्रह गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here