रुपेन्द्र पटेल / तराई एक्सप्रेस
गरुडा,२ साउन ।

रौतहटमा सरकारी सवारी साधनको दुरुपयोग रोकिन सकेको छैन ।
सरकारले स्थानीय तहका जनप्रतिनिधि तथा कार्यकर्ताहरुलाई जन्ताले तिरेको करबाट कार्यालयका काम काज छिटो छरितो गर्न सरकारी प्लेटका मोटर साईकल तथा जिप दिएको हो र उक्त सवारीहरु दुरुपयोग हुदै आएको स्थानीय बताउदै आएपनि सरकारी सवारीको दुरुपयोग रोकिएको छैन ।.उनीहरुले आफ्नो अफिसको काम भन्दा बढी आफन्त जन र चेला चपाटिलाई प्राथमिकता दिनेगरेको स्थानीय बताए । स्थानीयका अनुसार सरकारी प्लेटका सवारी भएकोले उनिहरुलाइ ट्रफिक प्रहरीको डर नहुने गरेको बताईएको छ ।
सरकारी नम्बर प्लेटका सवारी साधन वालाले तिन जना सवार ट्राफिक प्रहरीको नियमको धजिया उडाउदै गएपनि उनीहरुलाई ट्राफिक प्रहरीले केही वस्था नगरेको गुनासो बढदै जान थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here