सर्लाही,३ साउन / सर्लाहीको मलंगवामा बिहीबार अपरान्ह एक होटलबाट ५० हजार घुससहित अख्तियार दुरुपयोग अनुसंधानको टोलीले एक इन्जिनियरलाई पक्राउ गरेको छ। बर्दिबासबाट आएको अख्तियारको टोलीले ५० हजार घुससहित रामनगर गाउँपालिकाका इन्जिनियर रामजी बाबु यादवलाई पक्राउ गरेको हो। इष्टिमेटअनुसार कामको मूल्यांकन मिलानका लागि उपभोक्ता समितिसँग रकम लिँदै गरेको अवस्थामा यादवलाई पक्राउ गरिएको अख्तियारको टोलीले जनाएको छ। पक्राउ परेका यादवलाई आवश्यक कारबाहीका लागि बर्दिबास लगिने अख्तियारको टोलीले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here