रौतहट ५ साउन / जिल्लाको दुर्गा भगवती गांउपालिका वाड नं ५ का बाढीपिडितले अहिले सम्म राहत पाउन नसकेको गुनासो गरेका छन् । भएको घर बढीले भत्काएपछि बागमतीको ड्याममा गांउपालिकाले दिएको त्रिपाल मुनी गुजारा चलाउनदै आएका सो वडाका सयौले समयमा खाने कुरा समेत नपाएको गुनासो गरेका छन् । दुर्गा भगवती गांउपालिका ५ का ७० बर्षिय लक्ष्छु ठाकुरले आंखाभरी आंसु पर्दे भने राम्रोसंग खान पाएको छैन । सो वडामा एउदै त्रिमालमा मान्छे र पशु बस्ने गरेका छन् । बाढीका कारण पालमा गुजारा चलाइ रहेका सो वडाका बासिन्दामा बिभिन्न रोग समेत देखा पर्न थालेको स्थानीय बासिन्दा तथा निर्माण व्यावसायी संघ रौतहटका पुर्व अध्यक्ष नागेन्द्र साहले बताए । बाढीको पानी सुक्दै जान थालेको भएपनि स्थानीयको आंसु भने रोकिन सकेको छैन । बाढी पिडित बसेको ठांउमा कोही नया मान्छे आयो भनेपनि स्थानीय राहत लिएर मान्छे आयोक्यार भनेर जम्मा हुने गरेका छन् । ५ नम्बर वडाका पिडितका लागि गांउपालिकाले समेत समयमा राहत नदिएको स्थानीय मायांदेवी तत्माको गुनासो रहेको छ ।
बाहिरबाट सो स्थानमा छिट्टपुट मात्र कसैले ल्याइलिने चिउरा र चाउचाउको भरमा आफुहरुले गुजार चलाउनु परेको बृद्धा तत्माको भनाइ रहेको छ । बडहर्वाको ड्याममा घर बनाएर बसेकाहरुको घर गत साल समेत बाढीले भत्काएको थियो । गत बर्ष भत्केको घर बनाएर बस्न नपाउदै यस बर्ष समेत बाढीले भत्काएपछि स्थानीयले आफुहरुलाई अन्यत्र सार्न माग गरेका छन।..


छोरा छोरी ठुला छन् सबैजना एउटा पालमा रात कटाउनु परेको छ,त्यसमा समेत खशी बाख्रपनि छन् ,समस्यानै समस्या छ,सबै आउछन् फोटो खिचेर लान्छन् राहत लिएर कोही आउदै स्थानीय हरी दासले दुखेसो गरे । खाने कुरा भन्दा बास बस्ने कुरामा सरकारले ध्यान दिनुपर्ने माग उनीहरुको छ । गांउपालिकाका सबै जसो काठ र फुसका घरमा बस्नेहरु बिस्थापित नभएका कता मात्र हेर्ने समस्यानै समस्या ,गांउपालिका प्रमुख अरुण साहले भने । स्थानीयले भने गांउपालिकाले त्रिपाल बाहेक केही खानेकुराको व्यावस्था समेत नगरेको बताउदै आएका छन । पहिलाको तुलनामा यो बर्ष बाहिरबाट कम मात्रमा राहत आएको स्थानीयले बताएकाछन। बाढीको अत्याधिक चपेटामा परेका दुर्गा भगवती गाउपालिकको वडा नम्बर १ गंगापिपराको महादेवस्थानका विस्थापितले नजिकैको सामुदायिक विद्यालयमा शरण लिएका छन । विस्थापितमध्येकी मुगिया देवाले अन्न, लत्ताकपडा, नगद सबै बाढीले बगाइदिएको बताइन् । अब ८ जनाको परिवार कसरी बाच्ने, उनले चिन्ता व्यक्त गरिन । गाउपालिकाका अध्यक्ष साहले घर गुमाएकालाई गाउमै रहेका विद्यालय र सामुदायिक भवनमा बसाएर सामूहिक भोजनको प्रबन्ध मिलाएको जानकारी दिए । गत शुक्रबार राति बाग्मती नदीको बाढी बस्तीमा पसेपछि बडहर्वा गाउँ नै बग्यो । बाढीले विस्थापित बनाएपछि बाग्मतीको डिलमा पाल टागेर बसेकी प्रतिमा देवी घरिघरि तर्सिन्छिन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here