बारा ५ साउन / बारामा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेकार छन्। बाराको जितपुरसिमरा उपमहानगरपालिका १६ टाङियावस्तिकी ११ वर्षीया किशोरिमाथि मितेरी मामा पर्ने ३१ वर्षीय हिरामान मोक्तानले जबरजस्ती करणी गरेको आराेप किशोरीले लगाएकी छन।  शुक्रबार बेलुका आरोपित मोक्तानले बालिकालाई घरमै लगेर जबरजस्ती करणी गरेको पीडितकी आमाले बताइन। मोक्तानबाट पीडित किशोरी माथि पटक/पटक करणी हुँदै आएको पीडितले बताइन्। गत श्रावण १ गते बेलुका पनि आफूमाथि करणी गरेको पीडित बालिकाले बताइन । मोक्तानलाई इलाका प्रहरी कार्यालय निजगढले पक्राउ गरेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धानका लागि स्वास्थ्य परीक्षण गर्न रौतहटको चन्द्रपुर अस्पातल लगिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक बिक्रम लामाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here