गौर ५ साउन /रौतहटको परोहा नगरपालिकाको मेयर शेख वकिल र छाया नेपालको सहयोगमा बाढीपीडिहरुलाई राहत वितरण गरिएको छ । छाया नेपालको (कमल थापा,निशान्त गौतम, नेपाल अपागं सस्थाको अध्यक्ष राजेश साह, नेपाल अपागं सस्थाका सचिव ललन चौरसिया र परोहा नगरपालिकाको मेयर शेख वकिलले अविरल वर्षासंगै गएको असाढ २७,२८ गते आएको बाढीले क्षत विक्षत भएका परोहाका सयौ परिवारलाई राहत बाडेरका हुन । बिकाश प्रेमी मेयर नेता शेख वकिलले बाढीबाट घर परिवार गुमाएका, अन्नपात लताकपडा समेतमा क्षति भई पीडित भएकाहरुलाई एक थान झुल, एक थान त्रिपाल,३० किलो चामल ,२ किलो दाल ,३ किलो चिउरा ,एक थान सुर्केस ,एक पिस नुनको पेकेट र खानेकुरा पनि वितरण गरेका थिय । …

परोहा नगरपालिकाको प्रशासकीय अधिकृत देवनाथ यादव ,अब्दुल अन्सारी र अपागं सस्थाको अध्यक्ष राजेश साहले २५० जना महिला र पुरुषहरुलाई झुल, त्रिपाल, चामल,दाल,चिउरा ,नुन ,सुर्केस र टर्च वितरण गरेका हुन । त्यस्तै ६० जना दलित महिलााई झुल , त्रिपाल, चामल र २५ जना अपांगहरुलाई पनि झुल , त्रिपाल, चामल वितरण गरिएको इजुरहमानले जानकारी दिए । परोहा नगरपालिकाको वार्ड न .५ बसन्तपटिमा एक थान झुल, एक थान त्रिपाल,३० किलो चामल ,२ किलो दाल ,३ किलो चिउरा ,एक थान सुर्केस ,एक पिस नुनको पेकेट र खानेकुरा पनि वितरण गरेका हुन । सोहि नगरपालिकाको वार्ड न .८ नरकटियामा झुल, त्रिपाल, चामल,दाल,चिउरा ,नुन ,सुर्केस र टर्च वितरण गरेको जानकारी दिएको छ ।